काठमाडौं । वल्र्डलिंककम्युनिकेसन्सले अब ग्राहकले आफैंले रोजेर कति इन्टरनेट कुन मूल्यमा लिने भनेर छान्न पाउने सुविधा उपलब्ध गराएको छ । ग्राहकले वल्र्डलिंकमा एक कलफोन गरेर प्रतिनिधिलाई घरमै बोलाउन सक्नेछन् ।

वल्र्डलिंकले जारी गरेको एक प्रेस विज्ञप्ती अनुसार वल्र्डलिंकका प्रतिनिधिले ग्राहकको घरमै पुगेर उनीहरुले चाहे अनुसारको इन्टरनेट फाइबरबाट उपलब्ध गराउने छन् । “वल्र्डलिंक आफ्नै हो” नाम दिइएको प्रबद्र्धन योजनामा ग्राहकले वल्र्डलिंक फाइबर जडानमा सतप्रतिशतसम्म छुट र तीनमहिनासम्म आइपिटिभी निःशुल्क पाउने छन् ।
आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन् । यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रम समेत हेर्न सक्छन् । आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ ।

विज्ञप्तीका अनुसार वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका देशभर ६० हजारभन्दा बढी ग्राहक छन्  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर