सर्वहारावर्गीय फलामे अनुशासन युक्त सगंठनको खाँचो

सर्वहारावर्गीय फलामे अनुशासन युक्त सगंठनको खाँचो

नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्तै जटिल रुपले खडाहँुदै आइरहेको प्रश्नवाचक स्थिति भनेको सर्वहारावर्ग पूँजीपतिवर्गको पछि लाग्ने हो कि पूँजीपतिवर्ग सर्वहारावर्गको पछि लाग्ने हो ? यद्यपि यहाँ अनेकन चिरामा सगंठित रहिआएका कम्युनिष्ट पार्टीहरु देख्न र सुन्न पाइन्छन् । तर यहाँका यी कम्युनिष्ट पार्टीको नाउँमा संगठित भएर आइरहेका अधिकांश कम्युनिष्ट पार्टी यस प्रश्नको गहिराईसम्म पुगेर पार्टीको स्पष्ट धारणाबिना नै, ढोंगी साधु सन्तहरुले भैंm माक्र्सवाद लेनिनवादको माला जप्दै आमजनतालाई धोका दिंदै आइरहेको देखिन्छ । यसै सन्र्दभमा भन्नु पर्दा नेपालमा कम्युनिष्ट पार्टी स्थापनाकालदेखि यता अत्यन्तै छोटो समयसम्म हो न हो यस प्र्रश्नको सही जवाफको नजिक नजिकबाट नवशिशु पार्टीलाई डोह¥याउन प्रयत्नरत नदेखिएको होइन । परन्तु सामन्ती सस्ंकारमा जन्मि हुर्किआएका व्यक्ति र व्यक्तित्वहरु जो माक्सवार्दलाई सतही रुपको अध्ययन क्रमबाट प्रभावित छद्यम्भेषी माक्र्सवादीहरुको निमित्त यो प्रश्न अपाच्य हुनु अस्वभाविक होइन । स्वभाविक नै हुन्छ । यसै सन्र्दभमा भन्न खोजिएको कुरो के पनि हो भने कम्युनिष्ट पार्टीको मार्गदर्शन माक्र्सवाद लेनिनवादलाई अङगिकार गरिआएतापनि नेपालमा कम्युनिष्ट पार्टी स्थापनाकालदेखि आजसम्म पनि सो अनुरुपको मूल्य र मान्यतालाई व्यवहारमा उतार्न सक्षम भएको देख्न पाइरहेको छैन । अर्थात् नेपालको राजनैतिक रङ्गमञ्चमा यतिका धेरै कम्युनिष्ट नाउँका पार्टीहरु क्रियाशील छन् भन्ने देख्न र सुन्न पाइन्छ । तर त्यसमध्ये कुनै एक कम्युनिष्ट पार्टीको पनि संगठनात्मक स्वरुप सैद्धान्तिक मूल्य र मान्यता अनुरुपको धरातलमा उभिआएको पाउन सकिरहेको छैन । यस्तो स्थितिमा हुँदै आए जस्तै अब हुने र गर्ने भनिएको क्रान्तिमा पनि उही पुरानै पुनरावृति नदोहरिएला भन्न सक्ने बलियो आधार देखिन्न ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीको मालेमावाद दिमाग हो भने, संगठन संरचना मेरुदण्ड हो । अनि यसले संगालि ल्याएको मूल्य र मान्यता भनेको सर्वहारा अधिनायकवाद हो । यो सर्वहारा अधिनायकवाद त्यतिन्जेलसम्म कायम रहिरहन्छ र राखिराख्न जरुरी हुन्छ, जतिन्जेल यो विश्व मानचित्रमा वर्गीय समाज कायम रहन्छ । यसैले विश्वमा बलजफ्ती जरा गाडि बसिआइरहेको यो वर्गीय समाजलाई नष्ट ध्वस्त पारी वर्गविहीन समाज अर्थात् साम्यवादी व्यवस्थासम्म पुग्न एउटै विकल्प हो, वर्ग संघर्ष । नेपाली भूमिमा साम्यवादमा पुग्न मुख्यतः अहिलेसम्मको मुलुकको वस्तुस्थिति अनुसार नयाँ जनवादबाट समाजवाद हुँदै साम्यवादमा पुग्ने अवधारणासहित नयाँ जनवादी क्रान्तिमा जुट्दै गरेको स्थिति हो यो । क्रान्तिमा जुटदै गरेका प्रत्येक क्रान्तिकारीहरुले अत्यन्तै महत्वका साथ हेक्का राख्नै पर्ने कुरा भनेको आफ्नो आस्था तथा भरोसाका क्रान्तिकारी पार्टी नेकपा (क्रान्तिकारी माओवादी)को सांगठनिक स्वरुप पनि उही पुरानै परम्परा अनुरुप अधिकांश मध्यमवर्गीय तथा नेता केन्दि«त (मुखि) गोलचक्करमा फसेर माथि उठन नसकिरहेको स्थितिबाट माथि उठि क्रान्तिकारीहरुले यस मामलामा पुरै क्रान्तिकारी सचेत्ता अपनाउनु नितान्त जरुरी छ । क्रान्तिकारी मालेमावादीहरुको वर्गीय आधार भनेको सर्वहारा मजदुरवर्ग, भूमिहीन तथा गरिब किसान र सहरीया निम्न पुँजीपतिवर्ग हो । यी वर्गहरुबीचको फलामे अनुशासनसहितको मजवूत संगठनबिना कुनै पनि क्रान्तिलाई टुँगोमा पु¥याउन सकिन्न भन्ने कुरो नेपालमा ६, ७ दशक लामो समयावधिभित्र घटेका विभिन्न कोणका राजनैतिक घटना क्रमले प्रष्ट्याई सकेको छ । फेरि पनि यो क्रान्तिकारी उच्चकोटीको विज्ञानसम्मत मालेमावादी सिद्धान्तलाई दुरुपयोग हुने र गर्ने गरी आजका सच्चा क्रान्तिकारी मालेमावादीहरु पनि त्यस्तो संगठानात्मक घनचक्करमा फसिरहनुको अर्थ हो– आत्महत्या गर्नु । तसर्थ समय छँदै त्यस्ता संगठनात्मक घनचक्कर मै रुमलिरहन छोडेर क्रान्तिकारी मालेमावादी मूल्य र मान्यता अनुरुप सर्वहारावर्गीय जुझारु संगठन निर्माण गर्नु अत्यावश्यक भएको छ ।

नेपालको ऐतिहासिक राजनैतिक घटनाक्रमले सचेत क्रान्तिकारीहरुको दिल दिमागमा कहिल्यै नमेटिने र नभुक्ने गरी झक्झक्याउदैँ गरेको विषय र प्रसंग भनेको पुँजीपतिवर्ग विगतदेखि वर्तमानसम्मको विशेष स्थितिमा नेपाली भूमिभित्र हुनेगरेका साम्राज्यवाद तथा सामन्तवाद विरोधी आन्दोलनहरुमा भाग त (संलग्न) लिन सक्छन् र लिएका पनि छन् तर अन्य परिस्थितिहरुमा यो वर्ग आफ्नो आर्थिक तथा राजनैतिक कमजोरीको कारणले गर्दा ढुलमूल रहन्छ र गद्दार बन्न गद्दारी गर्न पछि पर्दैन मात्र होइन परेका पनि छैनन् । त्यसैले नेपालको वर्तमान राजनैतिक स्थिति अनुरुप साम्राज्यवाद विरोधी, विस्तारवाद विरोधी तथा सामान्तवाद विरोधी नयाँ जनवादी क्रान्ति सुदृढरुपले अगाडि बढाउन र क्रान्ति सम्पन्न गर्न पुँजीपतिवर्गको नेतृत्वमा हुन सक्दैन । त्यसैगरी आत्मसमर्पणवादी सोंच र सरेन्डर मनस्थितिकाले क्रान्तिको नेतृत्व कदापि गर्न सक्दैन । क्रान्तिको अभिभारा सर्वहारावर्गको नेतृत्वमा मात्र सम्भव छ र सम्पन्न गर्न सकिन्छ । यस्तै अर्को कुरो के पनि हो भने नयाँ जनवादी क्रान्तिमा सर्वहारावर्गकै लगनशीलता र पूर्णतालाई पूरै रुपमा विकसित गरेर पुँजपतिवर्गको निहित ढूलमूलपन र अधुरोपन हटाउन र क्रान्तिलाई अधुरो रहिरहन र हुनबाट बचाउन संभव हुन्छ । यस अर्थमा सच्चा क्रान्तिकारीहरुले यो कुरा निश्चितै रुपले भुलेका छैनन् होला, सर्वहारावर्गको राजनैतिक नेतृत्वको अनुसरण गर्दाखेरि क्रान्ति कसरी अगाडि बढ्यो र कम्युनिष्ट पार्टीको मूल नेतृत्वको गल्तिले र्दा सर्वहारावर्ग पूँजीपतिवर्गको राजनैतिक पुच्छर बन्न जाँदा कसरी क्रान्ति सेटवायक हुन पुग्यो, आज त्यो दिनको घाम जतिकै छर्लङ्ग छ । इतिहासको यस प्रकारको घटना दोहोरिन दिनु हुन्न ।

पक्कै पनि क्रान्तिलाई सफलता हासिल गर्न तीन अचूक (संरचना) हतियारको आवश्यकता पर्छ । तीे तीन संरचना भनेको पहिलो क्रान्तिकारी कम्युनिष्ट पार्टी, दोश्रो जनसेना र तेस्रो संयुक्त मोर्चा हो । क्रान्तिकारी पार्टी भन्नुको अर्थ नाउँ मात्रको होइन, क्रान्तिकारी कम्युनिष्ट पार्टीको अर्थ हो मालेमावादी सिद्धान्तको धरातलमा उभिएर देशभित्र गुज्रिंदै आइरहेका ठोस अवस्थाको ठोस विश्लेषणका साथ समय सापेक्ष ढङ्गले क्रियाशील भई निरन्तर अगाडि बढिरहनु हो । त्यसै गरेर जनसेना मालेमावादी सैद्धान्तिक आधारमा देश र जनताको निमित्त हरहमेसा जस्तै कठिन स्थितिमा पनि विचलित नभई बलिदानीपूर्ण भावनाका साथ मरिमेट्न तयार रहने जुझारु योद्धाको नाउँ हो–जनसेना । त्यस्तै सम्युक्तमोर्चा राष्ट्रिय स्वाधीनता तथा जनताको राजनैतिक, सामाजिक एवम् आर्थिक हक अधिकार प्राप्तिको संर्घषमा सदा सचेतताका साथ जुझारु ढङ्गले सर्घषको अग्रपंंिक्तमा रहन तमतयार मोर्चा हो– सम्युक्त मोर्चा । यी तीन संरचना क्रान्तिको निमित्त अत्यन्तै महत्वको विषयवस्तु हुन् । यी संरचनाहरुबिना क्रान्तिको कल्पना गर्न त सकिएला र क्रान्तिको नाउँमा क्रान्ति पनि गरिएला । तर त्यस्तो अर्थहिन क्रान्तिले जनधनको मात्र नोक्सान पु¥याउँदैन आफ्नो सिगों देशलाई नै अस्तव्यस्त पार्दै राष्ट्रिय स्वाधीनतालाई पराधीनतामा परिणत नगर्ला र हुन नजाला भन्न सकिन्न । तसर्थ नेपालको वर्तमान राजनैतिक स्थितिभित्र अनाधिकार रुपले विदेशी चलखेल विशेषतः भारतीय विस्तारवादको व्यापक नाङ्गो राजनैतिक हस्तक्षेपबाट सृजित यो अर्धसामन्तवादी तथा अर्धउपनिवेवादको ठाउँमा नवउपनिवेशवादले ठाउँ ओगट्दै लगिरहेको विरुद्ध राष्ट्रिय स्वाधीनता जोगाउन नयाँ जनवादी क्रान्तिलाई सशक्त रुपले अगाडि बढाउनु आजको आवश्यकता हो । र यस परिस्थितिमा राजनैतिक नेतृत्व दिने सम्बन्धमा सर्वहारावर्गको दस्ता नेकपा (क्रान्तिकारी माओवादी)को उत्तरदायित्व अरु बढ्न गएको छ । विदेशी हस्तक्षेपको प्रतिरोध गर्नु र राष्ट्रिय स्वाधीनता जोगाउनमा जिम्मेवारीपूर्ण हैसियतले काम गर्नु एउटा यस्तो उत्तरदायित्व हो, जसलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीले त्याग्न सक्दैन, यो यस्तो कर्तव्य हो जसलाई पूरा गर्न त्यसले नाई नास्ति गर्न सक्दैन ।

निश्चितै रुपमा सच्चा क्रान्तिकारी पार्टी सैद्धान्तिक रुपले परिपक्व भएर मात्र पुग्दैन, सोही अनुरुप पार्टीको अरु अंग प्रत्यंग पनि सुढृढ र सुसंगठित हुनु नितान्त जरुरी छ । विशेषतः पार्टीको संगठनात्मक संरचना मालेमावादी सैद्धान्तिक मूल्य र मान्यता अनुरुप सर्वहारावर्गीयकरण हुनुका साथै संगठनभित्र पूरै फलामे अनुशासनयुक्त हुनु पनि त्यतिकै आवश्यक छ । नकि त्यो नेपाल कम्युनिष्ट पार्टी स्थापना कालदेखि पार्टीको संगठनात्मक स्वरुप आजसम्म पनि हुवहु उही मध्यमवर्गीय गोलचक्क्रमा अल्झि रहनु । खासमा भन्नु पर्दा कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्तलाई नै अनादर हुनेगरी क्रान्तिकारी मालेमावादी कम्युनिष्ट पार्टीका हामी क्रान्तिकारी हौं भनि हिड्नु किमार्थ शोभनीय हुन सक्दैन । क्रान्तिकारी पार्टीका क्रान्तिकारी बन्न र हुन सर्वप्रथम त्यस्तो गैरमाक्र्सवादी सोच र आचरणमा सुधार ल्याउनु अत्यावश्यक हुन आउछ । राष्ट्रिय आत्मसर्मपणवाद तथा नवसंसोधनवादमा जाकिन पुगेका क. प्रचण्ड र भट्टराई मण्डली एनेकपा (माओवादी)बाट सम्बन्धविच्छेद गरी आए पश्चात पार्टीलाई पुनरसंगठन गरी अगाडि बढने क्रममा पार्टीभित्रैबाट क्रान्तिको माला जप्दै क्रमश बिप्लप र बादल समूह क्रान्तिकारी पार्टीबाट बहिर्गमण भइसकेको वर्तमान स्थिति हो । र पनि फेरी उहि पुरानो कार्यशैली, अनुशासनहीनता त्यो माहादेव र गणेश प्रवृत्ति अर्थात् आफुलाई पर्टीले जिम्मा लगाएको कार्यभार विपरीत कार्यकर्ताहरु जो आफ्नो गुणगाण गर्नेहरुको भिडलाई आफुतिर लहस्याउनु तथा कार्यकर्ताहरु नेतृत्वको गुणगाण गाउनु नै एकमात्र आफ्नो कार्यभार सम्झि दत्तचित्त रहिआउनु, जस्तो आभाससम्म आउनु वा पाउनुले पनि, वर्तमानको यो सर्वहारावर्गीय फलामे अनुशासनयुक्त संगठन निर्माण अभियानलाई धराशाही पार्दै, पार्टीविरुद्ध क्रान्तिविरोधीहरुको चौतर्फी धेराबन्दीलाई प्रत्यक्ष रुपले सघाउन त पुगिरहेका छैनन् ? संका उब्जनु अस्वभाविक हैन, स्वभाविकै हो । क्रान्तिकारीहरु यस मामलामा अरु बढी गम्भिर बन्नु नितान्त जरुरी छ । किनभने पार्टीभित्र र बाहिरका कुनैपनि सच्चा क्रान्तिकारीहरुको निमित्त त्यस्तो स्थिति सुखद् र सहज हुन सक्दैन ।

त्यस्ता गलत कार्यशैली र गलत प्रवृत्तिलाई त्यागेर माथि उठ्ने साहस जुटाई उठ्नै पर्छ । अन्यथा जति जोगी आए पनि कानै चिरेका भन्ने जन–भनाइलाई सत्य सावित गर्न पुग्नु वाहेक त्यो राष्ट्रिय आत्मसर्मपणवादी प्रचण्ड + बादल = माके र भट्टराई मण्डलिभन्दा फरक कुन अर्थमा मान्ने ? यसको सही जवाफ व्यवहारिक रुपको क्रान्तिकारी कार्यदिशाका साथ कार्यक्षेत्रमा उत्रेर हामी यस मानेमा फरक छौं भनेर देखाउन जरुरी छ । नेपालको राजनैतिक मैदानको एक सच्चा क्रान्तिकारी मालेमावादी कम्युनिष्ट पार्टीका क्रान्तिकारी नेता, कार्यकर्ताहरु प्रत्येकले मन, वचन र कर्मले व्यवहारमा उत्रेर आज–जनताको मन जित्नु नितान्त जरुरी छ ।

क्रान्तिकारी हुँ भनि देखाउन क्रान्तिको माला जप्न चाहिं नछोडने, तर निधारमा हात राखेर मुलुकमा प्रतिक्रान्ति हुनपुग्नुबाट नेता, कार्यकर्ता तथा जनसमुदायमा पैदा हुँदैगरेको नैराश्यतालाई हटाई क्रान्तिकारी वातावरण निर्माण गर्नुतिर नलागेर, उल्टै राष्ट्र र अन्तरराष्ट्रिय स्थितिसंगै पार्टीको आत्मगत स्थिति समेत कमजोर भएको भनी क्रान्ति विरोधी बयान गर्दै हाई काडि बस्नु क्रन्तिकारी आचरणसंग विलकुलै मेल खाँदैन ।

मुलुकमा अहिले राजनैतिक, आर्थिक, सामाजिक एवम् संवैधानिक लगायत चौतर्फी रुपमै गम्भीर संकटले धावा बोलिरहेको बेला, सर्वहारावर्गले आफ्नो पार्टीमार्पmत् मुलुकका सबै क्रान्तिकारीवर्गको राजनैतिक नेतृत्व कसरी गर्ने भन्ने सवालमा जिम्मेवारीपूर्ण ढङ्गले गम्भीर हुनु जरुरी छ । यसो त आज पनि नेपालको राजनैतिक वस्तुस्थितिमा खास कुनै फेरबदल आएको छैन । मुलुकमा जनयुद्ध हुनुअघिको राजनैतिक स्थिति आज पनि यथावत कायमै छ । केही बदलिएको छ भने अर्धउपनिवेशिक राज्यव्यवस्थाबाट नवऔपनिवेशीक राज्यव्यवस्थातिर उन्मुख हुँदैगइरहेकोे स्थिति छ । यस्तो स्थितिबाट मुलुकलाई पूर्णरुपले मुक्त पारी देश र जनताको आवश्यकता र चाहना अनुरुप नयाँ जनवादी राज्यव्यवस्था कायम गर्न, नेपाली विशेषतायुक्त हुनु संगै नेपालको लागि उपयुक्त र सहि क्रान्तिकारी कार्यदिशा निर्माण गर्न, निकट भविष्यमा हुनगइरहेको पार्टीको राष्ट्रिय सम्मेलन मार्पmत् देशमा विद्यमान ठोस बस्तुगत स्थितिको ठोस विश्लेषणका साथ ‘जनयुद्धको जगमा जनबिद«ोह’लाई आजको आवश्यकता अनुरुप परिमार्जित र परिष्कृत गर्नुसंगै मुलुकमा भएको प्रतिक्रान्ति र पार्टीभित्र पटक पटक विभाजन भए गराएबाट हुन गएको क्रान्तिकारी पार्टीको आत्मागत स्थिति(शक्ति) लाई सुदृढ, सुसंगठित र सशक्तिकरण गर्दै विद्यमान राष्ट्रिय संकटबाट मुक्त पार्न सर्वहारावर्गको नेतृत्वमा मजदुर, किसान तथा शोषित पिडित आम–जनसमूदाय बीच एकता कायम गरी, सामन्तवाद, विस्तारवाद, प्रतिक्रियावाद तथा तमाम् दलालहरुको विरोधमा जनताको जनवादी अधिनायकत्वका साथ नयाँ जनवादी राज्यव्यवस्था कायम् गर्न क्रान्तिकारीहरुको मूल दायित्व हो । यो नै देशको राजनैतिक वस्तुगत स्थितिको सत्य तथ्य र सारसंक्षेप हो, यो बाहेक अरु कुनै प्रकारको भ्रम पालेर बस्नु जरुरी छैन ।

यतिखेर प्रत्येक क्रान्तिकारीहरुले अत्यन्तै महत्वकासाथ हेक्का राख्नु नै पर्ने कुरो भनेको “नौ दल्ला चाकु खाईसकेर पनि, चाकुको स्वाद थाहा नपाएको” भैंm गरेर पार्टीको साँगठनिक संरचना भद्दा बनाउनु बुद्धिमानि ठहरिन्न र होइन । माक्र्सवादी–लेनिनवादी–माओवादी अडान र दृष्टिकोणलाई भुलेर पार्टीको अहित हुने गरी, अनावश्यक रुपले जो कोहिलाई उच्च पद र प्रतिस्ठामा पदस्थापना गर्दै, अवसरवादी प्रवृत्तिलाई रातो कार्पेट विछ्याई(ओछयाई) स्वागत गर्दै गर्नु कुनै हालतमा र कुनै पनि मानेमा युक्तिसंगत ठहरिन्न र होइन । निश्चितै रुपमा अहिले आवश्यकता अनुरुपै क्रान्तिकारी माओवादीमा ध्रुवीकरण र पार्टी प्रवेशको लहर बढ्नु क्रान्तिको निमित्त सकारात्मक कुरो नै हो । तर, यसो हुँदाहुँदै पनि सच्चा मालेमावादी क्रन्तिकारीहरु, यस मानेमा क्रन्तिकारी सचेतता बिना निर्धक्क भई बस्नु भनेको, फेरि पनि जनतामा पलाउन थालेको क्रान्तिप्रतिको आस्थामा कुठाराघात हुनगई क्रान्तिप्रति अनास्था पुनर्जागृत हुन जान सक्छ भनेर मात्र हैन, क्रान्तिकारीहरु त हरहमेसा क्रान्ति विरोधीहरुद्वारा गर्न र हुन सक्ने क्रान्तिविरोधी हर्कतप्रति अत्यन्तै गम्भिर रुपले सचेत भइरहनु अत्यावश्यक छ । यस मानेमा पार्टीको हित चाहने सम्बन्धीत सबै पक्षमा समय छँदै होस् खुलोस्, शुभकामना ।
ताहाचल, काठमाण्डौ, नेपाल