क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा राजु पोखरेल

क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा राजु पोखरेल

कावासोती । नवलपरासीको कावासोतीमा भएको क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको तेस्रो जिल्ला सम्मलनले २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

राजु पोख्रलको अध्यक्षतामा ४ सदस्यपछि थप गर्नेगरी उपाध्यक्षामा लोकनाथ पंगेनी र सोनकली चौधरी, सचिवमा गणेश पाण्डे, सहसचिवमा भिम राना, कोषाध्यक्षमा शोभा जिसी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा बुद्धि भुजेल, सपना खड्का, सम्झना सुवेदी, इन्दिरा विश्वकर्मा, भुपेन्द्र भट्टराई, प्रदिप पौडेल, चेतन न्यौपानेलगायत चयन सदस्यमा चयन भएका छन् ।

सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय महासचिव केशरमणि कटुवालले पत्रकारहरुको कलम परिवर्तनको पक्षमा चल्नु पर्नेमा जोड दिए ।

उद्घाटन कार्यक्रममा क्रान्तीकारी पत्रकार महासंघका केन्द्रिय सचिव रामकुमार श्रेष्ठ, क्रान्तिकारी माओवादीका केन्द्रिय सचिवालय सदस्य तथा अवध राज्य संयोजक प्रेम सुवेदी, केन्द्रीय सदस्य अशोक लम्साल, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्मा, उपाध्यक्ष विरेन्द्र पराजुली, प्रेस चौतारीका केन्द्रिय सदस्य विद्रोही गिरी, प्रेस सेन्टरका केन्द्रिय सदस्य दिपक भट्टराई, प्रेस सोसाईटीका अध्यक्ष हरिषचन्द्र पोख्रेल, स्वतन्त्र पत्रकार संघका अध्यक्ष शालिक कोईरालालगायतले बोल्दै शुभकामना व्यक्त गरेका थिए ।