काठमाडौं । सन् १९१७ अक्टोबरमा रुसमा कम्युनिस्ट पार्टी (वोल्सेभिक) को नेतृत्वमा महान् समाजवादी क्रान्ति सम्पन्न भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली सर्वहारावर्गको अग्रदस्ताको रुपमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) ले देशैभर विभिन्न कार्यक्रम गरी ५ फाल्गुन, २०७३ मा महान समाजवादी अक्टोबर क्रान्तिको शतबार्षिकी मनाएको छ ।
पार्टीको नेवाः राज्यले जनयुद्ध दिवससँगै अक्टोबर क्रान्तिको शतबार्षिकी मनायो भने तमुवान राज्यले ५ फाल्गुनमा कास्कीको पोखरामा वृहद् अन्तक्र्रियाको आयोजना ग¥यो ।
पोखराका माक्र्सवादी चिन्तक, विश्लेषक रुपमा ख्याती कमाएका विद्वान व्यक्तित्वहरुलाई एकै ठाउँमा जम्मा गरेर सघन वैचारिक विमर्श चलाइयो ।
पोखराबाट हाम्रा सहकर्मीले पठाएको समाचार अनुसार पार्टीको तमुवान राज्य समितिले ‘महान अक्टोबर समाजवादी क्रान्तिको शतबार्षिकी’ शीर्षकको व्यानरमा आयोजना गरेको अन्तक्र्रियामा २० जना वक्ताहरुले अक्टोबर समाजवादी क्रान्तिको सान्दर्भिकताका विषयमा महत्वपूर्ण विचारहरु राखेका थिए ।
पार्टीका राज्य इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य श्रीनाथ अधिकारी‘श्याम’ले अध्यक्षता गरेको अन्तक्र्रिया कार्यक्रमको संचालन पार्टीका केन्द्रीय सदस्य रामजी थापाले गरेका थिए भने स्वागत केन्द्रीय सदस्य नारायण अधिकारी ‘निश्चल’ ले गरेका थिए ।
त्यसैगरी, अवध राज्यका संयोजक तथा पार्टीका केन्द्रीय सचिवालय सदस्य प्रेम सुवेदीको प्रमुख आतिथ्यतामा कपिलवस्तु जिल्लामा पनि अक्टोबर क्रान्तिको सतबार्षिकीको अवसर पारेर अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
कपिलवस्तुका जिल्ला संयोजक समिरको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका भानुप्रकाश श्रेष्ठ, मसालका छविलाल गैरे र राष्ट्रिय जनमोर्चाका हेमलाल वाग्लेको समेत उपस्थिति रहेको थियो ।
त्यसैगरी, नवलपरासीको बर्दघाटमा पनि जिल्ला पार्टी इन्चार्ज तथा केन्द्रीय सदस्य अनुकूलको प्रमुख आतिथ्यतामा अन्तक्र्रिया, छलफल तथा बहसको आयोजना गरिएको छ ।
जिल्लाका पार्टी सेक्रेटरी क्षेत्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन देजमो नवलपरासीका जिल्ला उपाध्यक्ष चुडामणि भण्डारीले गरेका थिए ।
यता मिथिला राज्यको सप्तरीबाट प्राप्त जानकारी अनुसार पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा मिथिला राज्यका इन्चार्ज कृष्णदेव सिंह दनुवारको प्रमुख आतिथ्यतामा सप्तरीको मल्हन्वामा एक कार्यक्रमको आयोजना गरी अक्टोबर क्रान्तिको सतबार्षिकी मनाइएको छ ।
पार्टीका सप्तरी संयोजक अछ्मीत चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन देजमोका सप्तरी संयोजक सूर्यनारायण चौधरीले गरेका थिए ।
त्यसैगरी, नेपालजंगबाट प्राप्त समाचार अनुसार थारुवान राज्यको बाँके जिल्लामा स्थानीय किसानहरुको उल्लेख्य उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी अक्टोबर क्रान्तिको शतबार्षिकी मनाइएको छ ।
जिल्लाका पार्टी इन्चार्ज भूपेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा थारुवान इन्चार्ज हर्कबहादुर शाहीले गरेका थिए । उक्त कार्यक्रमको संचालन उपेन्द्र शाहीले गरेका थिए ।
त्यसैगरी वीरगंजबाट प्राप्त समाचार अनुसार पार्टीका केन्द्रीय सदस्य तथा भोजपुरा राज्यका संयोजक रामआश्रय रामको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता बाराका जिल्ला सेक्रेटरी दिनकर न्यौपानेले अध्यक्षता गरेको कार्यक्रमको संचालन पर्साका सहसेक्रेटरी अमरेन्द्र आनन्दले गरेका थिए ।
त्यसैगरी, कोचिला, लिम्बुवान, मिथिला, भेक, सेम, मगरात, ताम्सालिङ र किरातका जिल्लाहरुले पनि विभिन्न कार्यक्रम गरी अक्टोबर क्रान्तिको शतबार्षिकी मनाएका छन् ।
अक्टोबर समाजवादी क्रान्तिको सतबार्षिकी र जनयुद्ध दिवस मनाउनुको अर्थलाई प्रष्ट्याउँदै एउटा लेखमा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले लेखेका छन्, “क्रान्ति हार जितका अनेकौ श्रृङ्खला र आरोह तथा अवरोहका घुम्तीहरु पार गर्दै अन्तिम विजयको दिशामा अगाडि बढने गर्दछ ।
इतिहासबाट शिक्षा लिंदै वर्तमानमा सचेत एवम् क्रियाशील हुँदै र क्रान्तिको उज्ज्वल तथा जनताको इच्छित भविष्यप्रति आशावादी बन्दै गतिशील रुपमा दृढतापूर्वक अगाडि बढौ, विश्व र नेपालमा पनि क्रान्ति आवश्यक र संभव दुवै छ । योवेला ऐतिहासिक अक्टोबर समाजवादीक्रान्तिको शतवार्षिकी र महान् जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य यही नै हो ।”