काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपालाई नयाँ शक्तिको रुपमा उदाउन शुभकामना दिएका छन् ।
राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले बाबुराम भट्टराईको नयाँ शक्तिलाइै पनि आफूले दिएको शुभकामनाका शब्द स्मरण गरे ।
उनले बाबुरामको नयाँ शक्तिकाे नीति नै गलत भएको टिप्पणी गरे
उनले राप्रपाले एमाले बाहेकका अन्य पार्टीलाई धक्का दिनसक्ने उल्लेख गरे । एमाले अध्यक्ष ओलीले राप्रपालाई राष्ट्रियताको पक्षमा आउन आग्रह गर्दै राजतन्त्रको एजेण्डा छाडेर लोकतन्त्रका पक्षमा आउन आग्रह गरे ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी घोषणा कार्यक्रममा पनि ओलीले राष्ट्रियताको पक्षमा लाग्न आग्रह गरेका थिए । ओलीले राप्रपाको महाधिवेशनमा शुभकामना दिँदै भने, ‘मैले एउटा पार्टीको सभामा भनेको थिए । तर, नीति नै गलत भो ।’