डडेलधुरामा भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु

डडेलधुरामा भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु

डडेलधुरा । डडेलधुराको अमरगढीमा बुधबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

भागेश्वरबाट डडेलधुरा सदरमुकामतर्फ जाँदै गरेको जीप दुर्घटनामा पर्दा मृत्यु हुने सबै एकै गाविसका रहेका छन् । 

दुर्घटनामा परी पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अन्य २ जनाको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचारका क्रममा मृत्यु भएको हो ।

से १ ज ८३३ नम्बरको जीप बुधबार मध्यान्ह पौने १२ बजे अमरगढी ३ ठूलो खोलामा सडकबाट १३० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी भागेश्वर गाविस ८ का गणेश कार्की, ४ का लक्ष्मण भट्ट र जयानन्द भट्ट, ५ का कामदेव पाण्डे र नरपति पाण्डेको घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी भागेश्वर ७ का दिवाकर पाण्डे र पदमबहादुर मल्लको डडेलधुरा उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।