बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले जनयुद्धका उपलब्धीलाई नेतृत्वले नैं तुहाउने काम गरेको बताएका छन् ।

प्रचण्ड–बाबुरामतर्फ इङिगत गदैं सुवेदीले जनयुद्धका उपलब्धी तुहाउन नेतृत्वको मुख्य हात रहेको बताएका हुन् ।

नेकपा क्रान्तिकारी माओवादी जिल्ला समिति, रुपन्देहीले २२ औं जनयुद्ध दिवसको अबसरमा बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दैं उनले सो कुरा बताएका हुन् । उनले जनयुद्धका नेतृत्वकर्ता साम्राज्यवादीको जालोमा फसेको दावी गरे ।

अबधराज्य समितिका इन्चार्ज समेत रहेका सुवेदीले नयाँ जनवादी क्रान्तिका लागि अगाडि बढ्नु नैं जनयुद्ध मनाउंनुको सार्थकता रहने बताए । उनले प्रचण्डहरु संसदवादी दलदलमा फसेकाले उसबाट जनताको मुक्ति नहुंने स्पष्ट पारे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार खुमानन्द भुसाल, देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपालका नेता केजी कुमार पौडेल, पार्टीका सचिवालय सदस्य आरपी शर्मा पोख्रेल लगायतले आफ्नो धाराणा राखेका थिए ।

कार्यक्रम पार्टी रुपन्देहीका संयोजक भुलबहादुर सुनारीको अध्यक्ष्ता तथा सचिवालय सदस्य बिनोद मरासनीको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तैं कपिलवस्तुको चार नम्बर तथा नवलपरासीको चोरमारामा पनि पार्टीले २२ औं जनयुद्ध दिवस मनाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर