काठमाडौं । तत्कालीन माओवादी जनयुद्ध लडेका विभिन्न पार्टीमा विभाजित माओवादीहरुले विभिन्न कार्यक्रम गरी देशैभरि तथा विदेशमा समेत जनयुद्ध दिवस मनाइरहेका छन् । नेकपा (क्रान्तिकारी माओवादी)ले अन्तक्र्रिया, कोणसभा, टोलसभा गरेर जनताको बीचमा जारी तीन महिने संगठन विस्तार अभियानको क्रममा जनयुद्ध दिवस मनाउँदै छ । पार्टीको नेवा राज्यले ललितपुरको कुपण्डोलमा दिउसो एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । अक्टोर क्रान्तिको शतबार्षिकी समेत परेकोले दुवैलाई जोडेर एउटै थलोमा कार्यक्रमको आयोजना गरिएको सम्बद्ध स्रोतले जनाएको छ ।

विप्लव माओवादीले यही अवसर पारेर पार्टीको आठौं महाधिवेशनको उद्घाटन गर्दैछ । उद्घाटन कार्यक्रममा हजारौं मान्छे उतार्ने उसले जनाएको छ । काठमाडौंमा उद्घाटन गरेको महाधिवेशनको बन्द सत्र रोल्पाको थवाङमा गर्ने उसले तयारी गरेको छ । यता सरकारी माओवादीको रुपमा रहेको माओवादी केन्द्रको भने पूर्वनिर्धारित कार्यक्रम तय नगरिएको भए पनि जनयुद्ध दिवसको अवसरमा चियापान कार्यक्रम गर्ने सम्बद्ध स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर