भारतमा गयो शक्तिशाली भूकम्प, नेपालसम्म धक्का महसुस

भारतमा गयो शक्तिशाली भूकम्प, नेपालसम्म धक्का महसुस

काठमाडौं । सोमबारराति भारतमा भूकम्प गएको छ । देहरादुनको उत्तरपूर्व १ सय १४ किलोमिटर टाढा रुद्रप्रयाग नजिकै केन्द्रविन्दु बनाएर ५ दशमलव ८ म्याग्निच्युड भूकम्प गएको हो ।

दिल्लीसहित उत्तर प्रदेश, हिमाञ्चल तथा हरियाणामा पनि भूकम्पको धक्का महशूस भएको थियो भने मानिसहरु सडकका निस्किएका थिए । सोमबारराति १० बजेर ४९ मिनेटमा भएको भूकम्पका कारण कुनै मानवीय र भौतिक क्षति भएको खबर भने प्राप्त भएको छैन ।

अमेरिकी भूगर्भ विभाग युएसजिएसले भने ५ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । भूकम्पको झड्का नेपालमा पनि महसुस गरिएको छ ।

भूकम्पको झड्का सुदूरपश्चिमको कञ्चरपुर आसपासमा क्षेत्रमा महसुस गरिएको हो ।

भूकम्प गएको केही सेकेण्डसम्म कम्पन बारम्बर आइरहेको स्थानीले बताएका थिए । सुदुरपश्चिमका केही जिल्लामा झड्का महशुस भएको हो ।