बाँकेमा क्रान्तिकारी माओवादीको अभियान तिव्र

बाँकेमा क्रान्तिकारी माओवादीको अभियान तिव्र

नेपालगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी) को तीन महिने संगठन सदृढिकरण तथा जनपरिचालन अभियान अन्र्तगत बाँके जिल्लामा अभियान तिव्र रुपमा अघि बढेको छ ।

थारुवान राज्य समिति अन्तर्गत रहेको बाँके जिल्लामा ‘संगठन विस्तार तथा सुदृढीकरण र जनपरिचालन अभियान सफल पारौं ।’ भन्ने मूल नाराका साथ जारी अभियानमा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरु जिल्लाका विभिन्न गाविसका गाउँ–गाउँ र टोलटोलमा पुगेर संगठन विस्तार तथा सुदृढिकरण अभियान सञ्चालन गरिरहेका छन् ।

अभियानका क्रममा जिल्ला स्तरका नेताहरुले विभिन्न स्थानमा नाराले वाल पेन्टिङ गर्दै विभिन्न स्थानको अभियानमा जुटेका हुन् ।

पार्टी, मोर्चा र जवसका पूर्व समितिहरुलाई सुदृढ गर्ने र नयाँ समितिहरु गठन गर्ने काम तिव्र गतिमा अगाडि बढ्नुका साथै जागरण सभाहरु समेत आयोजना गरिदै आएको छ ।

बाँके जिल्लाअन्तर्गत विभिन्न गाविसका गाउँ/टोलहरुमा बनेका प्रारम्भिक समितिका संयोजक तथा सचिवहरु चयन गरिएको छ । सोही अनुसार सीतापुर गाविस २ युवा संगठनको संयोजनकमा राजेश कुमार श्रेष्ठ, राधापुर गाविस ५ सैनिकको पार्टी प्रारम्भिक समिति सचिवमा शशीबहादुर शाही, उडरापुर २ सिमलघारी पार्टीसमिति सचिवमा कर्णवहादुर विक. र महिला संगठन समिति संयोजकमा हरिकला घर्ती, राधापुर ७ विरपुरको पार्टी प्रारम्भिक समिति सचिवमा यमबहादुर नेपाली र महिला संगठन समिति संयोजकमा हीमा सुनार, राधापुर ३ बेलडाँडा पार्टी प्रारम्भिक समिति सचिवमा ठकु थापामगर, राधापुर ८ नेउलीडाँडा पार्टी समिति सचिवमा अर्जुन सुनार सर्वसम्मतिबाट चयन भएका छ ।

त्यसैगरी कोहलपुर नगरपालिका ३ मैटहवा पार्टी समिति सचिवमा कर्णबहादुर थारु र युवा संयोजकमा सालिग्राम चौधरी, नौवस्ता गाविस वडा नं. ५ युवा संगठन संयोजकमा अर्जुन चौधरी, महादेवपुरी ८ बेरानीमा समिति सचिवमा रमेश थारु सर्वसम्मतिबाट चयन भएका छन् ।
हाल पार्टी अभियान महादेवपुरी गाविसका विभिन्न वडाहरुमा पुगेको छ ।

बाँके जिल्ला इन्चार्ज भुपेन्द्र न्यौपानेले अभियानको नेतृत्व गरेका छन् भने बाँके जिल्ला पार्टी सचिव लोकबहादुर डाँगी, पार्टी सह–सचिव उपेन्द्र शाही, पार्टी सूचना तथा संचार प्रमुख राजन बुढा लगायत जिल्ला समितिका र राज्य समितिका नेता कार्यकर्ताको प्रत्यक्ष अप्रत्यक्ष सहभागिताले अभियान सफलताको गतिमा अगाडि बढीरहेको छ ।