सडक विस्तार पीडितहरुको बन्दमा नेवाःमोर्चाको समर्थन

सडक विस्तार पीडितहरुको बन्दमा नेवाःमोर्चाको समर्थन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले एक वक्तव्य जारी गर्दै सडक विस्तार पीडितहरुले पौष २० गतेका लागि आयोजना गरेको उपत्यका बन्दको समर्थन गरेको छ । मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले एक वक्तव्य जारी गर्दै बन्दको समर्थन गरेको हो ।
मोर्चाले जारी गरेको वक्तव्यमा भनिएको छ, “हाम्रो नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल काठमाडौं उपत्यकाभित्रका सडक विस्तारबाट पीडितहरुका २३ बटा संघर्ष समिति मिलेर बनेको काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिबाट घोषित संघर्षको कार्यक्रमन्तर्गत पौष २० गतेको उपत्यका बन्दको समर्थन गर्दै सरकारलाई यस्तो जनविरोधी गतिविधि तत्काल रोक्न चेतावानी दिन चाहन्छ ।”
वक्तव्यमा भनिएको छ, “शहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका विकास प्राधिकरणले बाटो फराकिलो बनाउने नाममा नगरपालिकाबाट नक्सा पास गरी सडकका दायाँबायाँ बनाइएका रैथाने जनताका घर टहरा विना मुआब्जा र क्षतिपुर्ति घरबाट उठिबास लगाउने काम बाबुराम भट्टराईको पालादेखि शुरु गरेको थियो र यसलाई अझ व्यापकता दिने काम अहिलेको सरकारबाट हुँदै आएको छ । यो राष्ट्रिय र अन्र्तराष्ट्रिय नियम कानुन विपरित मात्र होइन, लोकतन्त्र र गणतन्त्रको नाममा आदिवासी तथा रैथाने जनताको मानवअधिकारको पनि खिल्ली उडाउने काम भएको छ ।”