एमालेद्वारा फेरि संसद बैठक अवरोध/चार बजेसम्मका लागि स्थगित

एमालेद्वारा फेरि संसद बैठक अवरोध/चार बजेसम्मका लागि स्थगित

काठमाडौं । एमालेले आज पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेको छ ।

सोमबार बसेको बैठकमा पनि एमालेले संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै बैठक अवरुद्ध पारेको हो ।

बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले अवरोध गरेपछि चार बजेसम्मका लागि स्थगित गरिएको छ । चार बजे सम्म सभामुख ओनसरी घर्तीले दलहरुबीच सहमतिको प्रयास गर्ने बताइएको छ ।

दलहरुबीच तत्काल संसदमा रहेको अवरोध हट्ने सम्भावना नदेखिएपछि सभामुख घर्तीले संसदमा नै निरन्तर छलफल गर्ने तयारी गरेकी छन् । संसदभित्रै छलफलका लागि उनले प्रमुख दलका शीर्ष नेताहरुलाई बोलाएकी छन् ।

मधेसवादी दलका माग सम्बोधनका लागि भन्दै सरकारले मंसिर १४ गते संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमालेले निरन्तर संसद अवरुद्ध पार्दै आएको छ ।