संसदभित्रैबाट निकास खोज्ने सभामुखको तयारी, बैठकमा बोलाइन् शीर्ष नेतालाई

संसदभित्रैबाट निकास खोज्ने सभामुखको तयारी, बैठकमा बोलाइन् शीर्ष नेतालाई

काठमाडौं । संविधान संशोधनको विषयलाई लिएर सत्तापक्ष र विपक्षीबीचको विवादका कारण राजनीतिक गतिरोध उत्कर्षमा पुगेपछि सभामुख ओनसरी घर्तीले निरन्तर संसदमा छलफल गर्ने तयारी गरेकी छन् ।

संसदमा प्रतिपक्षी दलहरुको अवरोध नहट्ने संकेत देखिएपछि सभामुख घर्तीले निरन्तर छलफल गराउने तयारीस्वरुप संसदमा शीर्ष नेतालाई उपस्थित गराउन प्रमुख सचेतकमार्फत आग्रह गरेकी छन् ।

व्यवस्थापिका संसदको बैठकअघि सभामुख घर्तीले प्रमुख सचेतकसँग छलफल गर्दै संसदमा निरन्तर छलफलको तयारी गरेकी हुन् । यस्तै प्रमुख तीन दलका शीर्ष नेताबीच पनि प्रधानमन्त्रीको कार्यलयमा छलफल चलिरहेको छ ।

दिउँसो १ बजे बस्ने बैठक विपक्षी दलले अवरुद्ध गरे केहीबेरका लागि बैठक स्थगित गरी शीर्ष नेताबीच त्यही छलफल चलाउने उनको तयारी छ ।

सोमबारको बैठकमा संविधान संशोधन, निर्वाचनसम्वन्धी विधेयक र अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई समितिमा पठाउने कार्यसूची छ ।