संसदको बैठक सूचना टाँसेर फेरि चार दिनका लागि पछि सारियो

संसदको बैठक सूचना टाँसेर फेरि चार दिनका लागि पछि सारियो

काठमाडौं । संसदको बैठक सूचना टाँसेर चार दिनका लागि स्थगित गरिएको छ ।

संसदवादी राजनीतिक दलहरुलाई सहमतिका लागि बिहीबारसम्मको समय दिएकी सभामुख ओनसरी घर्तीले पुनः संसद बैठक स्थगित गर्ने निर्णय लिएकी हुन् । 

उनलाई संसद बैठक लम्ब्याएर विपक्षी सांसदलाई थकाउन दबाब सत्तारुढ दलहरुले दिइरहेका छन् । सभामुखले दिएको बिहीबारसम्मको समयमा दलहरु सहमति कायम गर्न असफल भएका छन् । 

संसदको बिहीबारको बैठक सूचना टाँसेर पुस १० गते एक बजेसम्मका लागि स्थगन गरिएको संसद सचिवालयले जनाएको छ । 

संसद सचिवालयमा सीमांकन हेरफेरसहित संविधान संशोधन प्रस्ताव पेश भएपछि प्रमुख प्रतिपक्षी एमालेले सडक र सदनमा आन्दोलन गरिरहेको छ ।