तिमी शुसुप्त छौ किन

तिमी शुसुप्त छौ किन

तिमी शुभ–प्रभातको घाम हौं 

सुसुप्त छौ किन
हिउँदको खपी नसक्नु
तुसारा पातले याहाँ
हेर सबका सवजन
कठाँग्र्रीएर
मुर्झाउन लागि सकेको छ
उतानो परेर,
तिम्रो त्यो
न्यानो घामको अभावमा ।
के हेरिरहेका छौं,
अझै पनि
उठ…. च्याट
झार झुर गरेर फाल
जन विरोधी तुसारोलाई ।

झुल्की देउ
आशाका किरण बनेर
अनी छरी देउ
मुक्तीर स्वतन्त्रताको निम्ति
जोस र जाँगरको
वीज बनेर ।
हो, छोपेको छ यहाँ
सदीयौं देखी
अनेक भ्रमका जाल बुनेर
लठ्याइ दिएको छ
धर्मका ती,
कुराण, कथा र बाइबल रचेर
पुरेत्याँइवादको जगजगीमा ।
अनी मान्छेको नाउँमा जन्मेका
ती दानवहरुले
सोझा सिधा जन जनको
रगत चुसेको छ
चोइत्याइएको छ
ज्युउँदै छटपटाएर
आफ्नै मोजमज्जामा उडेर ।
त्यसैले हेर
तिमी संग
ग्वार माग्दै छन्
बाच्ँनको आशा बोकेर
तिमी त शुभ प्रभातको घाम हौं
सुसुप्त छौं किन ?

के तिमीलाई थाहा छैन
यो त केबल
माकुराको जालो हो
ढोङ्ग हो
आफ्नो दुनो सोझ्याउने
साझ बाझ हो
पुरेत्याइवाद को
लौ,
च्यातचुत पारेर ध्वस्त गर

फैली देउ
डाँडा काँडा कुना काप्चा
अनी, जताततै
जन–क्रान्तिको ज्वाला बनेर ।