कति सुन्दर छ क्रान्तिको ज्वाला

कति सुन्दर छ क्रान्तिको ज्वाला

आहा कति सुन्दर छ क्रान्तिकोज्वाला
गुलावको फूल झै
टपक्क टिपेर
सिउदोमा सिउरेर
ढपक ढपक गरी
हिडि रहौँ रहौँ जस्तो लाग्ने

कति मिठो छ क्रान्तिको ज्वाला
गुलियो चकलेट झै
मुखमा राखेरर
चपाई राखौ राखौ जस्तो लाग्ने

कति नरम छ क्रान्तिको ज्वाला
आँखाको नानीमा राखेर
धेरै धेरै टाढा टाढा सम्म
हेरी रहौँ रहौँ जस्त‍ो लाग्ने

कति नयाँ छ क्रान्तिको ज्वला
दशै तिहारका लागि
बाकसमा साँचेर राखेको
नयाँ चाचा नाना जस्तो
लगाई राखौँ राखौँ जस्त‍ो लाग्ने

कति सुन्दर छ क्रान्तिको ज्वाला
रातलाई पनि दिन जस्तै
उज्यालो पारी चम्काई राख्ने

कति सुन्दर छ क्रान्तिको ज्वाला
अग्ल‍ो पहाडको टुप्पोमा बसेर
समुद्रको तटबाट उठेर अाएको
सुनामीका लप्का झै
तल र मनथि 
यता र उता
सर्पहरु बटारिएर उफ्रे झै गरी
कसैले रोक्न नसक्ने ताकत बनेर
सगरमाथा झै बनेर
आएका सुनामीका उछालहरु जस्तै देखिने
क्रान्तिका ज्वारभाटाहरुलाई
निकै दूरदृष्टि लगाएर
हेरी रहौँ रहौँ जस्त‍ो लाग्ने

आहा कति सुन्दर छ क्रान्तिको ज्वाला
समुद्रको तटबाट उठेका
तुफान आँधी र ज्वारभाटाहरुले जस्तै
जनताका ज्यानी दुश्मनहरु र
प्रतिक्रियावादीहरुका फलामे किल्लाहरु भत्काउदै
नयाँ संसार
नयाँ समाज
नयाँ व्यवस्था
स्थापित गर्ने
नयाँ योजना
बोकेका इन्जिनियर झै लाग्ने
क्रान्तिको सुन्दर ज्वालालाई
अबिस्रान्त आँखाले
हेरी रहौँ रहौँ जस्तो लागि रहन्छ ।