काठमाडौं । युथ अण्डर १९ एसिया कप क्रिकेटमा घरेलु टोली श्रीलंकालाई कडा चुनौती दिन सफल नेपाल श्रीलंकासंँग १ रनले पराजित हुन पुगेको छ । २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल बाँकी छँदै २ सय २६ रनमा अलआउट हुन पुग्यो । दिपेन्द्र सिंह ऐरीले ९० रन बनाएपछि जितको नजिक पुगेको नेपालले ३० रन जोड्न पछिल्ला ५ विकेट गुमाउन पुग्यो । ३२ रनमा ३ विकेट गुमाएर दबाबमा आएको नेपालको इनिङ्स दिपेन्द्रले सम्हालेका थिए । ९९ बल खेल्दै उनले ९ चौका र १ छक्का प्रहार गर्न सफल भए ।

नेपालका अविनाश कर्णले ४०, अदिल खानले ३९ र प्रकाश केसीले १४ रन बनाए । ओपनरद्धय सन्दिप सुनार २ तथा आशिफ शेख १ रनमा पवोलियन फर्किएको खेलमा भिम सार्की ८, कमल सिंह ९, सन्दिप लामिछाने १ र पवन सर्राफ शुन्य रनमा आउट हुन पुगे ।

हारपछि नेपालको अघिल्लो चरणको सम्भावना कठिन बनेको छ । नेपाल रहेको समुह ए अन्र्तगत आजै भएको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन इन्डियाले मलेसियालाई २ सय ३५ रनले हराएको छ । समुह चरणबाट समान एक जित निकाल्दै शिर्ष स्थानको इन्डिया र दोस्रो स्थानको श्रीलंकाले समान ३ अंक जोडेका छन् । नेपालले समुह चरणको दोस्रो खेलमा भोली डिफेन्डिङ च्याम्पियन इन्डियासंँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर