काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अस्कल क्याम्पसमा इकाई समिति निर्माण भएको छ ।

बिहीबार भएको एक भेलाले राजेश भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्माण गरेको हो ।

समितिको उपाध्यक्षहरुमा गोविन्द खनाल, सुरज जिसी, समिर राम, रविन भारती र अभिषेक चौधरी चयन भएका छन् भने सचिवमा विजय तामाङ छन् ।

यसैगरी सहसचिवमा विवेक लोचन, कृष्णप्रसाद ताजपुरिया, नविन आचार्य, ज्ञानेन्द्र यादव र किरण खतिवडा तथा कोषाध्यक्षमा आयुशा रानाभाट चयन भएका छन् ।

अखिल (क्रान्तिकारी) को संगठन निर्माण केन्द्रीय अभियान अन्तर्गत देशब्यापी रुपमा संगठन निर्माण, पुनर्निर्माण अभियान जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर