काठमाडौं । काठमाडौं महानगरपालिकाले गोंगबु बसपार्क क्षेत्रमा अव्यवस्थित रुपमा निर्माण गरिएका टहराहरु बल प्रयोग गरि हटाएको छ ।
एक साता अगाडि नै अग्रिम सूचना दिएर काठमाडौं महानगरपालिकाले नयाँ बसपार्क क्षेत्रका टहरा हटाउन भनेपनि नहटाएपछि भत्काउनु परेको महानगरपालिकाले जनाएको छ ।
बिहीबार बिहान बसपार्क क्षेत्रमा पुगेको महानगरपालिकाको टोलीले ५१ वटा टहराहरु भत्काएको जनाइएको छ ।
काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभित्रको जग्गा लोत्से सहकारीलाई भाडामा दिएको छ । तर सो जग्गामा सम्झौताभन्दा बाहिर गएर निर्माण भएका संरचनाका कारण यात्रुहरुलाई हिँडडुल गर्न समस्या भएपछि टहराहरु भत्काइएको प्रहरीको भनाई छ ।
पहिलो चरणमा अगाडिका केही टहरा भत्काएको र बाँकी अन्य टहरा पनि दोस्रो चरणमा भत्काइने महानगरपालिकाकोले जनाएको छ ।