विराटनगर । पुरानै स्थानीय निकायको संरचनाका आधारमा निर्वाचन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको तयारीविरुद्ध उनकै पार्टीका नेता गोपाल किराती उभिएका छन् ।
सउनले पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गरे बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।
प्रमुख तीन दलका शीर्ष नेताहरु पुरानै स्थानीय तहको चुनाव गर्न सहमति नजिक पुगेको बताइएका बेला किरातीले षडयन्त्रको बाहक नबन्न प्रचण्डलाई चेतावनी दिएका हुन् ।
बिहीबार मोरङको विराटनगरमा पत्रकार सम्मेलन गरी माओवादीको एक नम्बर प्रदेश इन्चार्ज समेत रहेका किरातीले कांग्रेस, एमाले, राप्रपा र मधेस केन्द्रित दलहरु राजतन्त्रकालीन पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गर्न उद्दत रहेकाले यसलाई कुनै हालतमा स्वीकार गर्न नसकिने उल्लेख गरेका हुन् ।
पुरानै संरचनाका आधारमा निर्वाचन गरिए माओवादी केन्द्र १ नम्वर प्रदेशका नेता कार्यकर्ताले निर्वाचनमा भाग नलिने उनको भनाई थियो ।
उनले भने, ‘जनताको रगत र पसिनावाट प्राप्त गणतन्त्र लगायत उपलव्धी गुमाउने षड्यन्त्र अनुसार पुरानै संरचनामा स्थानीय निकायको चुनाव गराउने खोजिएको हो । यसलाई स्वीकार गर्न सकिन्न ।’