लिम्बुवानको बन्दले पूर्वका नौं जिल्लाको जनजीवन प्रभावित

लिम्बुवानको बन्दले पूर्वका नौं जिल्लाको जनजीवन प्रभावित

ताप्लेजुङ । संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पूर्वका नौ जिल्लाको जनजिवन प्रभावित भएको छ । 

पूर्वाञ्चलका ९ जिल्लालाई लिम्बुवान प्रदेशमा राख्नुपर्ने मागसहित सो पार्टीले ९ जिल्ला बन्द गरेको हो ।

झापा, मोरङ र सुनसरीलाई टुक्राई अर्को प्रदेशमा राख्न नहुने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने तथा पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटासहित ९ जिल्लालाई लिम्बुवान प्रदेशमा राख्नुपर्ने माग गर्दै लिम्बुवान पार्टीले बन्द गरेको हो । 

बन्दको कारण विहानैदेखि ताप्लेजुङसहित पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन भने बजार पसल, कलकारखाना र शैक्षिक संस्थासमेत बन्द रहेका छन् ।