रहेनन् बरिष्ठ पत्रकार मदन ढकाल

रहेनन् बरिष्ठ पत्रकार मदन ढकाल

madan-dhakalबिराटनगर । ०२४ साल देखि पत्रकारिता पेशमा संलग्न रहँदै आएका बरिष्ठ पत्रकार मदन ढकालको ६५ वर्षको उमेरमा बुधबार राती निधन भएको छ । मधुमेहका विरामी ढकाल पछिल्लो समय मृगौला रोगबाट ग्रसित थिए ।
००९ साल जेठ १९ गते जन्मिएका ढकालले २०२८ सालदेखि समाचार पत्रकारिता सुरु गरेका थिए ।
जुही, शिरविन्दु, ध्वनि लगायतका साहित्यिक पत्रिकाका साथै राजधानीबाट प्रकाशित हुने समीक्षा, स्वतन्त्रता, जनस्वतन्त्रता, नयाँ सडक, नेपाली, राष्ट्र पुकार, सुरुचि, देशान्तर, नयाँ किरण, करेन्ट, हिमालय टाइम्स, नेपाल समाचारपत्र, स्पेस टाइम्स, तरुणजस्ता पत्रिकामा काम गरेका थिए । विवेचना, आलोक, युगज्ञान, सूर्योदय, जनध्वनि हुँदै समाचार पत्रकारिता गरेका उनले २०५२ सालबाट आफ्नै सम्पादकत्वमा ‘पूर्वाञ्चल दैनिक’ सुरु गरे ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रहेका ढकाल पत्रकार महासंघका निर्वाचित केन्द्रीय पार्षद थिए । उनी प्रेस काउन्सिल नेपालबाट विषय विज्ञको प्रशिक्षक पनि बनेका थिए । ढकालका श्रीमती, छोरा र चार छोरी छन् ।