तामाङ मोर्चाको राष्ट्रिय भेला सम्पन्न, अध्यक्षमा निमा दोर्जे लामा निर्वाचित

तामाङ मोर्चाको राष्ट्रिय भेला सम्पन्न, अध्यक्षमा निमा दोर्जे लामा निर्वाचित

nimaकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सम्पन्न दोस्रो राष्ट्रिय भेलाले निमा दोर्जे लामालाई अध्यक्षमा निर्वाचित गरेको छ । मोर्चाको मंसिर १८–१९ मा सम्पन्न राष्ट्रिय भेलाले लामाको अध्यक्षतामा ३९ जनाको नयाँ कार्यसमिति निर्वाचित गरेको हो । भेलाले मोर्चाको उपाध्यक्षमा पदमबहादुर तामाङ, कान्छामान तामाङ र प्रविन बललाई निर्वाचित गरेको छ भने महासचिवमा सुरेश लामा तामाङ निर्वाचित भएका छन् ।

सचिवमा प्रेम तामाङ चुनिएका छन् भने दुई सचिव र कोषाध्यक्ष पछि थप्ने गरी खाली राखिएको छ । विकास तामाङ, कृष्ण तामाङ, गोपी तामाङ, दोर्जे तामाङलाई सचिवालय सदस्य चयन गरिएको छ भने सदस्यहरुमा मंगल तामाङ, विजय तामाङ, रामकुमार तामाङ, वाबुलाल लोप्चान तामाङ, दोर्जे लामा, गोपी तामाङ, कमल जिम्बा, जवानसिंह तामाङ, रवि तामाङ, टमेशकुमार तामाङ, मिना तामाङ, प्रतिक तामाङ, ज्ञानबहादुर तामाङ, फुलमाया तामाङ, असल पाख्रिन तामाङ, रमेश तामाङ, सुकुमाया तामाङ, अनिशा तामाङ, मसली तामाङलगायत निर्वाचित भएका छन् ।

त्यसैगरी भेलाले सितारामा तामाङ अध्यक्ष र फुर्नाम्गेल तामाङ सचिव रहेको ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकार समितिको सदस्यमा दीलबहादुर घिसिङ, सागर तामाङ, कान्छाराम तामाङ, हजारसिंह तामाङ, दलबहादुर तामाङ, मेग तामाङ लगायत रहेका छन् ।
शनिबार उद्घाटन भएको मोर्चाको भेला आइतबार बन्दसत्रले नयाँ कार्यसमित चयन गरेपछि समापन भएको थियो । बन्द सत्रमा नेकपा (माओवादी)का सचिवालय सदस्य तथा पूर्वी ताम्सालिङ इन्चार्ज राम आचार्य, अखिल नेपाल आदिवासी जनजाति महासंघका संयोजक तथा पार्टी सचिवालय सदस्य कमल चौधरी र महासंघका महासचिव तथा पार्टीका सचविालय सदस्य नगेन्द्र राईको उपस्थिति रहेको थियो ।