कपाल राम्रो बनाउने सबैमा रहर हुन्छ । कपाल राम्रो देखिदा मान्छेको पर्सनालिटी र फिगर पनि राम्रो हुन्छ । त्यसकारण हरेकलार्इ यसको रहर हुनु स्वभाविक पनि हो । तर कपालमा कलर गर्नु वा मेहन्दी लगाउनुअघि केही कुरामा ध्यान दिनु राम्रो हुन्छ ।
१.यदि तपाईले एक पटक कपाल कलर गरिसकेपछि अब केही महिनासम्म ढुक्क भयो भनेर सोच्नु भएको छ भने त्यो गल्ती हो । कलर गरिसकेपछि केही दिनसम्म कपाल राम्रो हुन्छ, तर त्यसपछि दिनदिनै त्यसमा गिरावट आउँछ । त्यसकारण पहिले देखि नै ख्याल गर्नु राम्रो हुन्छ ।
२. कलर गराएपछि जब कपाल धुनुहुन्छ, त्यसबेला चिसो पानी मात्रै प्रयोग गर्नुहोस । यसले कपालबाट धेरै कलर जानबाट रोक्छ ।
३.कलर गराएपछि तपाईले धोएको कपालको पानी नतैरियोस भन्नका लागि हल्का रंगको तौलिया र हल्का रंगको कपडा लगाउनुहोस् । नत्र तपाईको कपडामा कपालको रंग बस्न सक्छ ।
४.कपाल कलर गरेपछि छिटोछिटो धुने नगर्नुहोस । त्यसो गरेमा कपालको कलर छिटै नै फिका हुनसक्छ ।
५. कपालमा कलर गरेर नधुदा चायाँ पर्ने सम्भावना पनि हुन्छ, यसबाट पनि बच्नुहोस् ।
६. कपाल कलर गर्नुअघि पञ्जा लगाउन नभुल्नुहोस । अन्यथा तपाईको हातमा कलर लाग्छ । त्यसलाई सफा गर्ने अर्को झण्झट पर्दछ ।