chelsea-vs-manchester-cityकाठमाडौं । इग्लिस प्रिमियर लिगमा उपाधी दावेदार चेल्सीले अर्को दाबेदार क्लब म्यान्चेस्टर सिटीमाथि प्रभावशाली जित निकालेको छ ।

शनिबारराति भएको खेलमा चेल्सीले सिटीमाथि ३–१ को रवाफपूर्ण जित निकाल्यो । सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा चारै गोल चेल्सीले गरेको थियो ।

जितसँगै चेल्सीले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । घरेलु मैदान इत्तेहाद स्टेडियममा सिटीले उपहार गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अन्तिममा बल क्लियर गर्न खोज्दा चेल्सीका ग्यारी काहिलले आफ्नै पोष्टमा गोल गरेका थिए । 

पहिलो हाफमा १–० ले पछि परेको चेल्सीले दोस्रो हाफमा उत्कृष्ठ पुनरागमन ग¥यो । ६० औं मिनेटमा सेस फेब्रिगासको पासमा डिएगो कोष्टले बराबरी गोल फर्काए भने ७० औं मिनेटमा चेल्सीले काउन्टरमा गोल गर्यो । विलियनले डिएगो कोस्टाको पासमा उत्कृष्ट गोल गरे ।

खेलको अन्तिम मिनेटमा काउन्टरमै इडेन हाजार्डले गोल गरेपछि चेल्सी ३–१ को जित निकाल्न सफल भयो । जारी लिगमा कोस्टाले ११ गोल गरेका छन् भने हाजार्डले ८ गोल गरिसकेका छन्

खेलको अतिरिक्त समय भने तनावपूर्ण भयो । सिटीका दुई खेलाडीले रातोकार्ड पाएपछि सिटी अन्तिम मिनेट ९ खेलाडीमा सीमित भएको थियो ।

स्ट्राइकर सर्जिओ एग्युरोले चेल्सीका डेभिड लुइसलाई फल गरेपछि रातो कार्ड पाए । सोही विवादमा फर्नान्डिन्होले सेस फेब्रिगासलाई घाँटीमा अठ्याएपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

जितपछि चेल्सीको १४ खेलबाट ३४ अंक भएको छ भने समान खेलबाट ३० अंक जोडेको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुल ३० अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर