पत्रकार महासंघ नवलपरासीमा तालावन्दी

पत्रकार महासंघ नवलपरासीमा तालावन्दी

कावासोती । नेपाल पत्रकार महासंघ नवलपरासीले नयाँ साधारण सदस्यतामा सिन्डिकेट लादिएको भन्दै नेपाल पत्रकार महासंघ नवलपरासीमा तालावन्दी गरिएको छ । पत्रकारसंग सम्बद्ध संघ सस्थाले बिरोध जनाउदै नेपाल पत्रकार महासंघ नवलपरासीमा बिहिबारदेखि तालाबन्दी गरेका छन् ।

नेपाल पत्रकार महासंघ नवलपरासीको नयाँ साधारण सदस्यता वितरणमा आफूखुशी छनौट समिति बनाउने, आफूसमर्थित पत्रकार संगठन प्रेस युनियनका सदस्यहरुलाई मात्र नयाँ सदस्यमा सिफरिश गर्ने गरेको भन्दै महासंघ नवलपरासीका कार्यवाहक अध्यक्ष एवम् छनौट समितिका संयोजक वीरेन्द्र पराजुलीको चर्को विरोध गरिएको छ ।

महासंघ नवलपरासीका कोषाध्यक्ष राजकुमार रेश्मी, कार्यसमिति सदस्य रविलाला पाण्डे, बुद्धिसागर पोखरेलले नयाँ सदस्य छनौटसम्बन्धी कार्यमा युनियनले एकलौटी गरेको भन्दै तालावन्दी गरिएको छनौट समितिमै नोट अफ डिसेन्ट गरेका कार्यसमिति सदस्द रविलाल पाण्डेले मूलबाटोलाई बताए ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले छानविन गरी क्रियाशिल पत्रकारहरुलाई मात्र नयाँ सदस्यता प्रदान गर्नुपर्ने माग गर्दै क्रान्तिकारी पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठनलगायतले विरोध गरेका छन् ।