
काठमाडौं । आमरण अनसनरत डा.गोविन्द केसीले सुरु गरेको आमरण अनसन तोडाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग स्वास्थ्य मन्त्री गगन थापा र शिक्षा मन्त्री धनिराम पौडेलले छलफल गरेका छन् ।
सरकारी पक्ष र डा.केसी पक्षकाबीचमा केहीदिनदेखि भईरहेको वार्ता निश्कर्षमा पुग्न नसकेपछि स्वास्थ्य मन्त्री थापाले निकास निकाल्नका लागि शिक्षा मन्त्री पौडेललाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेको थापाका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए ।
छलफलका क्रममा स्वास्थ्य मन्त्री थापाले समाधानका उपायहरु बारे प्रधानमन्त्रीलाई अवगत गराएको र प्रधानमन्त्री दाहालले सोही अनुरुप निर्देशन दिने बताएका थिए ।
स्वास्थ्य मन्त्री थापाले प्रधानमन्त्रीलाई कुनैपनि हालतमा डा.केसीको अनसन आज तोडाउनै पर्नेमा जोड दिएका थिए । प्रधानन्त्रीसँगको भेटपछि स्वास्थ्य मन्त्री थापाले अहिले अन्य सरोकारवालाहरुसँग छलफल गरिरहेका छन् ।