काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)को पूर्वी काठमाडौं जिल्ला अन्तर्गत टोखा नगर संगठन समिति गठन गरिएको छ । पूर्वी काठमाडौं संगठन समिति संयोजक हरिकृष्ण गजुरेलको उपस्थितिमा भएको टोखा नगर भेलाले केशर प्रधानको संयोजकत्वमा १७ सदस्यीय नगर कमिटि गठन गरेको हो ।
कमिटिको सहसंयोजकमा रामशरण गिरी र आशाकाजी महर्जन चयन भएका छन् । समितिका सदस्यहरूमा गोपाल कार्की, सुमित्रा न्यौपाने, बद्रिहरि नेपाल, विज्ञान नेपाल रहेका छन् । त्यस्तै बाबुलाल गोले, हिरालाल गोले, भैरब थापा मगरलाई पनि भेलाले सदस्यमा चयन गरेको छ ।
भेलामा काठमाडौँ पूर्वी जिल्ला संयोजक गजुरेलले क्रान्तिकारी पार्टीले मात्रै क्रान्तिको नेतृत्व गर्न सक्ने भन्दै संगठनलार्इ मजबुत बनार्इ सशस्त्र विद्रोहमार्फत् नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न सकिने कुरा बताएका थिए ।