
एजेन्सी । भारतको उत्तर प्रदेशको वृन्दाबलमा संसारकै अग्लो धार्मिक भवन चन्द्रोदय मन्दिर निर्माण भइरहेको छ ।
चन्द्रोदय मन्दिर दुई सय मिटरभन्दा अग्लो हुनेछ । साढे पाँच एकड जमिनमा निर्माण हुने यो मन्दिर ७० तलाको हुनेछ । अझै संसारकै अग्लो थार्मिक भवनको रुपमा मिश्रको पिरामिड रहेको छ, यो १२८.८ मिटर अग्लो रहेको छ ।

यस्तै भ्याटिकनको सेन्ट पिटर बासेलिका १२८.६ मिटर अग्लो छ । कृष्ण प्रणामीको यो मन्दिरको डिजाइन थ्रोनटन टोमासेट्टी नामको संस्थाले बनाएको हो ।
यो कम्पनी नै मलेसियाको पेट्रोनास टावर, ताइवानको ताइपे १०१ मिटर र संसारकै सबैभन्दा अग्लो भवन साउदी अरबको जेद्दाको टावर निर्माणसँग जोडिएको छ । मन्दिरको निर्माण कृष्ण भक्तको संगठन इस्कन बैंग्लोरले गरिरहेको हो ।
रकेटको आकारको चन्द्रोदय मन्दिर भूकम्प प्रतिरोधी हुनेछ । यसको निर्माणमा ४५ लाख घन फिट कंक्र्रिट र करिब साढे २५ हजार टन निर्माण फलामको प्रयोग हुने अनुमान छ ।