क्रान्तिकारी माओवादीको मुगुको सेक्रेटरीमा सुरबहादुर बुढा

क्रान्तिकारी माओवादीको मुगुको सेक्रेटरीमा सुरबहादुर बुढा

flag_of_communistगमगडी । नेकपा (क्रान्तिकारी माओवादी)का भेरी कर्णाली संयोजक धनजित शाही ‘आदर्श’ को प्रमुख आतिथ्यतामा हालै सम्पन्न एक भेलाले मुगु जिल्लाको पार्टी सेक्रेटरीमा सुरबहादुर बुढालाई चुनेको छ ।

त्यसैगरी जिल्ला सहसेक्रेटरीमा इटोल लामालाई चुनेको छ भने कार्यालय सचिवमा शेर बहादुर सेजुवाल चुनिएका छन् ।

जिल्ला सदस्यहरुमा क्रमशः बखत बहादुर बडुवाल, अंक बहादुर विक, जिल्लासिड बोहोरा, आङडाक लामा, देवीसिंह भाम, बेलदरा बडुवाल, सर्जन बोहोरा, धनबहादुर विक, जीवन सेजुवाल, नौलासिङ नेपाली, अमृत विक, नन्दलाल बडुवाल, मयराम बोहोरा, दानसिंह विक, सुरबहादुर साउद, मयराम बोहोरा, पुलती बुढा, कुशा सेजुवाल, सिंहबहादुर बुढा, गोकर्ण नेपाली, खम्मेनी भाम, जनमाया नेपाली र सुरबहादुर साउद चुनिएका छन् ।

उक्त भेलाले जग्गी साउद र सिंह कुमाईलाई जिल्ला पार्टीको सल्लाहकारमा चुनेको छ ।