काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको देशभर संगठन विस्तार अभियान जारी छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य तथा अवध राज्य संयोजक प्रेमनाथ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न देजमो नवलपरासी एक भेलाले वृजदेव पाण्डेको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य अशोक लम्सालको समेत उपस्थिति रहेको उक्त भेलाको अध्यक्षता मोर्चाका केन्द्रीय सदस्य समेत रहेका वृजदेव पाण्डेल गरेका थिए भने संचालन पार्टीका जिल्ला सेक्रेटरी क्षेत्रबहादुर थापाले गरेका थिए ।
उक्त भेलाले देजमो नवलपरासीको सहसंयोजकमा दुर्गा पौडेल र चुडामणी भण्डारी चुनिएका छन् भने सचिवमा रवि पाण्डे र कोषाध्यक्षमा कल्पना गौतम चुनिएका छन् ।
त्यसैगरी जिल्ला सदस्यहरुमा विनोद थापा, राम आश्रय कमाल, गीता पाण्डे, धनन्जय पौडेल, बोल्गा नेपाल, पिताम्बर फालमगर, श्यामबहादुर कुमाल, उत्तम थापामगर, खड्गबहादुर बाह्रघरे, उर्मिला थापा, पिताम्बर तिवारी, रामचन्द्र गौतम, दुर्गा चौधरी, चुडामणी भण्डारी, रामकुमार श्रेष्ठ, भोला रिजन, विष्णु गैरे, दीपक अर्याल, गणेश भट्टलगायत निर्वाचित भएका छन् ।
महोत्तरीको संयोजकमा बलिराम यादव
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल महोत्तरीको संयोजकमा बलिराम यादव चुनिएका छन् । यादवको नेतृत्वमा गठित ९ सदस्सीय जिल्ला भेला आयोजक समितिका सदस्यहरुमा प्रेमबहादुर भुजेल, रामचन्द्र मुखिया, रामप्रकाश कापर, विष्णु बराल, चन्देश्वर महत्तो, उदय पासवान, जनक जोगीलगायत रहेका छन् ।
देजमो सिरहाको संयोजकमा किरण अधिकारी
नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य तथा मिथिला राज्य संयोजक कृष्णदेव सिंह दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न देजमो सिरहाको एक भेलाले किरण अधिकारीको संयोजकत्वमा नौं सदस्यीय जिल्ला भेला आयोजक कमिटि गठन गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा देजमोका केन्द्रीय सचिवालय सदस्य जितेन्द्र सिंहको समेत उपस्थिति रहेको उक्त भेलाले देजमो सिरहाका सदस्यहरुमा संजय सिंह, भरोसी महतो, साजन चौधरी, शुभलाल राम, उमेश प्रसाद साह, गुणेश्वर मिश्रलगायत चुनिएका छन् ।