काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले संविधान संशोधनको नाममा सत्तारुढ पार्टीहरुले मुलुकलाई सिक्किमीकरण गर्न लागेको आरोप लगाएका छन् ।
पूर्व घोषित कार्यक्रम अनुसार पार्टीको नेवा राज्यले शुक्रबार दिउसो काठमाडौंको रत्नपार्कमा आयोजना गरेको विरोध ¥यालीलाई सम्बोधन गर्दै नेता गजुरेलले भने, “संविधानलाई संशोधन गरिदैछ । यो मुलुकमा अर्को राष्ट्रघात थापर्ने र मुलुकलाई सिक्किमीकरण गर्ने षड्यन्त्र हो । वास्तवमा यो संविधान जनविरोधी र प्रतिगामी भएकोले यसको पूर्णरुपमा खारेज गरिनुपर्दछ ।”
जनविरोधी र राष्ट्रघाती संविधानको पक्षमा हस्ताक्षर गराउन सरकारले सांसदहरुको तलव सुविधा बढाएको दावी गर्दै गजुरेलले भने, “यो प्रतिक्रियावादी संविधानमा हस्ताक्षर गरेवापत दिएको घुस हो ।”
पाँचमहिनासम्म नाकाबन्दी लगाएर नेपालीहरुलाई श्वास फेर्न समेत नदिने भारतीय विस्तारवादकै नाइके नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिएर खुशीयाली मनाउने दलाल र सारा धोकेवाजहरुलाई जनताले चिनिसकेको भन्दै प्रचण्ड–बाबुरामहरु राष्ट्रिय आत्मसमर्पणवादबाट लम्पसारवादमा पतन हुन पुगेका दावी गरे । उनले भने, “मुलुककै नरहे काही पनि रहने छैनौं । पूर्खाहरुले रगत बगाएर बँचाएको भूमि बचाउन सारा देशभक्तहरुलाई गोलबन्द गरेर राष्ट्रिय मुक्ति आन्दोलन उठाउनुपर्छ । अब सबै देशभक्त जनताहरु व्यँुझने बेला आइसक्यो ।”
भारतको गोवामा देउवाले दलाई लामाको प्रतिनिधिलाई भेटेको प्रसंग निकाल्दै नेता गजुरेलले एक चीन नीतिको बारेमा जवाफ माग्ने स्थितिमा चीनलाई पु¥याएको प्रचण्ड सरकारले चिनियाँ राष्ट्रिपतिको भ्रमण गराउनै नचाहेको दावी गरे । उनले भने, “एक चीन नीतिबाट हामी कदापी दायाँ बायाँ हुन सक्दैनौं । दुई चीन नीतिले नेपाललाई कुरु क्षेत्र बनाउँछ ।”
अब हामीले आम नेपाली राष्ट्रवादी जनतालाई ब्यूझाउँनु र जगाउनु पर्दछ र अन्तिम लडाइँको तयारी गर्नुपर्दछ । अबको लडाइँ जित्ने हुनुपर्दछ । सारा धोकेबाजहरुलाई जनताले चिनीसके । हामीले देशका ७५ वटै जिल्लाका जनतालाई जगाउँनु पर्दछ भने । अन्तिम लडाइँका लागि तयार भएर बस्नु पर्दछ ।
सन् पचास, २५ बुँदेलगायत भारतसँग गरिएका सबै असमान राष्ट्रघाती सन्धिहरुको खारेजी गरिनुपर्ने आवश्यकता औल्याउँदै नेता गजुरेलले नेपाली जनताले अब अन्तिम लडाइँ लड्नुपर्ने बेला आएको बताए । त्यो लडाइँको नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी)ले गर्ने पनि नेता गजुरेलले दावी गरे ।