एजेन्सी । लिबियामा एक बाँदरको हमलाका कारण दुई कबिला समूहबीच भएको हिंसामा २० जनाको मृत्यु भएको छ ।
यो घटना दक्षिणी लिबियाको सबा सहरमा भएको हो, जहाँ एक पाल्तु बाँदरले एक स्कुले छात्रामाथि हमला गरेको थियो । सोही कारण छात्राका परिवारले जवाफी हमला गरेका थिए ।
यसपछि औलाद सुलेमान र गद्दाफा कबिलाबीची केही दिनदेखि हिंसात्मक हमलाहरु भइरहेका छन् । सुरुवाती हमलामा नै बाँदरसहित तीन जनाको मृत्यु भएको थियो ।
दुवै कबिला समूदायबीच ट्यांक, मोर्टार लगायत हतियारसहित भएको हिंसामा अन्य ५० जना घाइते भएका छन् । यो बाँदर गद्दाफा कबिलाको थियो ।
यो कबिला समूह लिबियाका पूर्व शासक मुअम्मर गद्दाफीको समुदाय निकट मानिन्छ । यस घटनामा मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ ।
दुवै कबिला समूहबीच केही वर्षदेखि नै संघर्ष चल्दै आएको थियो, बाँदरको आक्रमणपछि सोही विषयलाई लिएर पुन हिंसा भएको हो । लिबियाको दक्षिणका दुर्गम इलाका रहेको सबा आप्रवासी र हतियारधारीको गढ मानिन्छ ।
सन् २०११ म मुअम्मर गद्दाफीलाई हटाउन सत्ता संघर्ष सुरु भएको थियो । सोही आन्दोलनका क्रममा गद्दाफीको हत्या भएको थियो ।