बुटबल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला समिति,रुपन्देहीले मंसिर १० गते बुटवलमा विरोध सभा गर्ने भएको छ ।
राष्ट्रियता,जनतन्त्र र जनजिविकाको विषयलाई लिएर पार्टीले विराध सभा गर्न लागेको हो ।
पार्टी केन्द्रीय समितिले मंसिर १० गते देशभर प्रर्दशनसहित विरोध सभा गर्ने कार्यक्रम अनुसार पार्टीले विरोध सभा गर्ने निर्णय गरेको हो ।
पार्टी, रुपन्देही जिल्ला सचिवालयको बुटवलमा बसेको बैठकले घोषित कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको नेता के.जी.कुमार पौडेलले जानकारी दिए ।
पार्टीले दिउँसो ३ बजे पुष्पलाल पार्कमा विरोध सभा गर्ने जनाएको छ । असोज–कार्तिक दुई महिना विशेष अभियान (कुपन अभियान) चलाएको पार्टीले एक महिना थप गरि मंसिर महिनाभर सञ्चालन गर्ने पनि सो पार्टीले जनाएको छ ।
सो अवसरमा बोल्दैं पार्टीका केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले पार्टीको अभियानलाई सफल पार्न लाग्न जिल्लाका अगुवा नेताहरुलाई निर्देशन दिए ।
अवध राज्य समितिका इन्चार्ज समेत रहेका सुवेदीले पार्टीले जनताका सवाल र राष्ट्रिय स्वाधिनताको लडाईसंगैं विशेष अभियान पनि चलाएकाले त्यसलाई सफल पार्न लाग्न सबैमा आग्रह पनि गरे ।
पार्टी,रुपन्देहीका संयोजक भुलबहादुर सुनारी मगरको अध्यक्षता,सचिवालय सदस्य के.जी.कुमार पौडेलको संचालनमा सम्पन्न भएको बैठकले अभियान सम्पन्न गर्न संयोजक सुनारीको संयोजकत्वमा ५१ सदस्यीय संयोजन समिति गठन गरिएको जनाएको छ ।