सी जिनपिङ अध्यक्ष माओ र देङ स्याओ पिङ हाराहारीका नेता

सी जिनपिङ अध्यक्ष माओ र देङ स्याओ पिङ हाराहारीका नेता

xi-jinpingएजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी जिनपिङलाई थप अधिकार प्रदान गर्दैै ‘नेतृत्वको केन्द्र’ घोषणा गरेको छ ।

राजधानी बेइजिङमा बसेको पार्टी प्लेनमले पार्टी महासचिव जिनपिङलाई थप अधिकार प्रदान गर्दै चिनियाँ क्रान्तिको नेतृत्व गरेका माओत्सेतुंग र चीनको आर्थिक क्रान्तिका सुरुवातकर्ता देङ स्याओ पिङकै हाराहारीमा पु¥याएको हो ।

सी जिनपिङ सन् २०१२ हु जिन्ता ओपछि पार्टी महासचिव तथा राष्ट्रपति बनेका थिए । केही समयअघि उनी चिनियाँ जनमुक्ति सेनाको सर्वोच्च कमान्डर तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत बनेका थिए ।

पार्टीको बैठकले सीलाई ‘कोर लिडर’ का रूपमा प्रस्तुत गरेको छ । यो शब्दावली सन् १९८९ मा देङ स्याओ पिङले अध्यक्ष माओ, आफू, आफ्ना उत्तराधिकारी र चीनका पूर्वराष्ट्रपति जियाङ जमिनलाई प्रयोग गरेका थिए ।

आगामी सन् २०१७ को अन्त्यमा पार्टी कंग्रेसका लागि समेत प्लेनमले मार्ग प्रशस्त गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको हरेक पाँच वर्षमा पार्टी कंग्रेसको आयोजना हुने गर्छ ।

महासचिव शक्तिशाली हुने चिनियाँ कम्युनिस्ट पार्टीमा सबैभन्दा शक्तिशाली निकायका रूपमा ७ सदस्यीय स्थायी समिति रहेको छ । हु जिन्ता ओको समयमा ९ सदस्यीय स्थायी समिति रहे पनि पछि ७ सदस्यीय कायम गरिएको थियो ।

सी त्यसको पनि केन्द्रमा रहेका छन् । आगामी वर्ष हुने कंग्रेसले राष्ट्रपति जिनपिङ र प्रधानमन्त्री लि खछ्याङबाहेक अन्य पाँचजनालाई स्थायी समितिमा छान्नेछ ।

यस्तै, चिनियाँ जनताबीच गरिएको एक सर्वेक्षणमा पनि ६३ वर्षीय सीलाई माओजत्तिकै सम्मानित नेताका रूपमा रहेको देखिएको छ । पिपुल्स ट्रिब्युन पत्रिकाले गरेको सर्वेक्षणमा १५ हजार ५ सय ९६ जना सहरी र ग्रामीण क्षेत्रका जनतालाई सहभागी गराएको थियो ।

चिनियाँ राष्ट्रपति र पार्टी महासचिवका नाताले उनमा नेतृत्वको पूर्ण विशेषता रहेको र यसलाई चिनियाँ जनताले हृदयदेखि नै स्वागत गर्ने बताएका थिए ।

सन् २०२२ मा राष्ट्रपतिको कार्यकाल पूरा गर्ने सीले आगामी वर्षको पार्टी कंग्रेसमा भावी नेताका रूपमा कसैलाई अघि सार्न सक्ने आँकलन गरिएको छ ।