
बुटबल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सचिवालय सदस्य रामसिंह श्रीसले मुलुकमा राजनैतिक भ्रष्टाचार बढेकाले त्यसको अन्त्यका लागि आन्दोलन गर्नुपर्ने बताएका छन् ।
उनले लोकमानसिंह कार्कीलाई मात्र नभई दलभित्रका भ्रष्टाचारी नेतालाई पनि कारवाही गर्नुपर्ने खाँचो औल्याए ।
क्रान्तिकारी पत्रकार महासंघ,जिल्ला समिति रुपन्देहीले बुटबलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दैं नेता श्रीसले लोकमानलाई मात्र कारवाही गरेर भ्रष्टाचारको अन्त्य नहुने र दलभित्रका भ्रष्टाचारी नेतामाथि पनि कारबाही हुनुपर्ने बताएका हुन् ।
नेता श्रीसले संविधान संशोधन गरेर मात्र सबै समस्या समाधान नहुनेमा जोड दिंदैं संविधान खारेज गरि जनसंविधान बनाउंनुपर्ने बताए ।
संसदीय व्यवस्था भ्रष्टाचारीको अखडा भएको भन्दै क्रान्तिपछि मात्र जनसंविधान बन्ने उनको भनाई थियो । प्रचण्ड सरकारप्रति इंगित गदैं उनले एउटा शोषक वर्गबाट अर्काे शोषक वर्गमा सक्ता हस्तान्तरण भएको टिप्पणी गरे ।