काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथिको महाअभियोको प्रस्ताव समयको माग भएको बताएका छन् ।
उनले समयको आवश्यकता र मागभन्दा कोही पनि पछाडि जान नसक्ने भन्दै ओलीले महाअभियोग वर्तमानको आवश्यकता भएको उल्लेख गरे ।
कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाअभियोगको प्रस्ताव पास गराउन आग्रह गर्दै ज्ञापनपत्र बुझाउन गएको संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै उनले महाअभियोगको प्रस्तावबाट पछि नहट्ने बताए ।
कार्कीले समानान्तर सरकार चलाउन खोजेकाले महाअभियोग आवश्यक परेको ओलीको दाबी थियो ।
महाअभियोगको प्रस्तावमा आफ्नो हस्ताक्षर नभएको भनेर काँग्रेसले गुनासो गरेको उल्लेख गर्दै उनले त्यसमा चिन्ता नगर्न आग्रह गर्दै भने, त्यसमा चिन्ता नगर्न आग्रह गर्दै भने, ‘त्यसमा मेरो पनि हस्ताक्षर छैन, चिन्ता लिनुपर्दैन ।’