दुई यात्रुबाहक बस एकआपसमा ठोक्किदा ६५ जना घाइते

दुई यात्रुबाहक बस एकआपसमा ठोक्किदा ६५ जना घाइते

२३ असोज, हेटौँडा । हेटौडामा दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा करिब ६५ यात्रु घाइते भएको समाचार छ ।
काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ आइरहेको ना ४ ख ४३४३ नम्बरको अर्को यात्रुबाहक बस आज बिहान ४ः४५ बजे हेटौँडा सडक खण्डको रमनटारमा एकापसमा ठोक्किदा बसमा सवार यात्रुहरु घाइते भएका हुन् ।
गम्भीर घाइते भएका २५ जनाको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सामान्य घाइते २० जनाको मनहरिस्थित प्राथमिक उपचार केन्द्रमा उपचार गरिएको स्थानीय इलाका प्रहरी कार्यालयले जनाएको छ ।