शुल्कवृद्धि फिर्ता गर्न अखिल (क्रान्तिकारी)को ४८ घण्टे अल्टिमेटम

शुल्कवृद्धि फिर्ता गर्न अखिल (क्रान्तिकारी)को ४८ घण्टे अल्टिमेटम

चितवन । शैक्षिक सत्रको बीचमा चितवन जिल्लाको प्याबसनले अभिभावकको ढाड भाँचिने गरी शुल्कवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारी चिवनले निजी बोर्डिङ स्कूलहरुलाई बृद्धि गरिएको शुल्क फिर्ता गर्न ४८ घण्टे अल्टिमेटम दिएको छ । संगठनका जिल्ला अध्यक्ष अमृत चपाईले आइतबार एक विज्ञप्ती जारी गर्दै यस्तो अल्टिमेटम दिएका हुन् ।
४८ घण्टाभित्र शुल्क फिर्ता नगरिए लेखा शाखामा तालाबन्दी गर्नेदेखि प्याब्सन आबद्ध शैक्षिक संस्थाकेन्द्रित शैक्षिक हड्ताल गर्ने चेतावानी विज्ञप्तीमा दिइएको छ ।