बुर्तिवाङ । बाग्लुङको बोगादोभानमा घरमाथिबाट खसेको ढुंगाले च्यापिदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बोगादोभान गाविस वडानम्बर–४ रिक्लाङका ३८ वर्षीया भिमकुमारी रोका, उनकी १४ वर्षीया छोरी इन्द्रकुमारी रोका, १२ वर्षीया छोरा इन्द्रजित रोका र ९ वर्षीया छोरी मायादेवी रोका रहेका छन् ।
सोमबार बिहान करिब चार बजे उनीहरु घरमा सुतिरहेको समयमा घर माथिबाट खसेको ढुंगाले उनीहरु च्यापिएका थिए । ढुंगा खस्दा घर भत्किएको र घरभित्र सुतिरहेका चारैजनाको च्यापिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।