काडमाडौं । नवगठित ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले मोर्चा संघर्ष र सत्ताको हुने बताएका छन् । सम्पन्न भेलाले लिएका निर्णयबारे आयोजित पत्रकार सम्मेलनमा गजुरेलले यस्तो बताएका हुन् । आजै उनले एक विज्ञप्ती जारी गरेका छन् । जारी गरिएको विज्ञप्तीको पूर्ण पाठ यस्तो रहेको छ ।
“देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल (देजमो, नेपाल)को प्रथम राष्ट्रिय भेला यही ०७२ साल भाद्र २६ र २७ गते काठमाडौंमा शानदार रुपमा सम्पन्न भयो । मेची–महाकाली र हिमाल–मधेश, तराई सबैतिरबाट प्रतिनिधित्व भएको, उक्त दुई दिने राष्ट्रिय भेला र यसले नेपालको राजनीतिक आन्दोलनका सन्दर्भमा लिएका महत्वपूर्ण निर्णयहरुबारे सार्वजनिक जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
उद्घाटन समारोह
सहभागीहरुद्वारा खचाखच भरिएको प्रज्ञाभवन कमलादीको सभा भवनमा ०७२ भाद्र २६ गते देजमो, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय भेलाको समुद्घाटन नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष क.मोहन वैद्य ‘किरण‘ले तालीको गड्गडाहट् वीच दीप प्रज्ज्वलन गरेर गर्नु भयो । नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता क. सिपी गजुरेलको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रमको संचालन पार्टी कार्यालय सदस्य क परि थापाले गर्नु भएको थियो ।
आफ्नो उद्घाटन मन्तव्यमा क. किरणले ‘इतिहासको पुनरावृत्ती त सामान्यतया हुँदैन तर इतिहासका घटनाक्रम दोहोरिएजस्तो हुँदो रहेछ’ भन्नुहुँदै नेपालको अहिलेको राजनीतिक परिस्थितिलाई ०४७–०४८ सालको परिस्थितिसँग तुलना गर्नुभयो । वहाँले जसरी त्यतिखेरको परिस्थितिमा आमूल परिवर्तन गर्नका लागि जन मोर्चा गठन गरिएको थियो, आज आएर त्यसै किसिमको प्रयोजनका निमित्त देशभक्त जनगणतान्त्रिक मोर्चाको आवश्यकता परेको बताउनु भयो । त्यतिखेर क्रान्तिको नेतृत्व गरेको एउटा पंक्तिले क्रान्तिप्रति विश्वासघात गरेको र धोका दिएको प्रसंग कोट्याउँदै वहाँले प्रतिक्रान्तिलाई सफल हुन नदिन र क्रान्तिलाई अघि बढाउन यो मोर्चाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । आफ्नो पार्टी, नेकपा (क्रान्तिकारी माओवादी)ले यो मोर्चालाई पूरा सहयोग गर्ने वचन पनि दिनु भयो ।
सीपी गजुरेलले नेपाली समाजको आमूल परिवर्तनका निमित्त नेपालमा नयाँ जनवादी व्यवस्थाको स्थापना गर्ने उद्देश्यका साथ अघि बढेको जन युद्ध सफलताको सन्निकट पुगेको बेलामा यसको नेतृत्व गरिरहेको एउटा पंक्ति राष्ट्रिय आत्म समर्पणवाद र वर्गीय आत्म समर्पणवादले ग्रस्त हुन पुगेकोे र त्यसले क्रान्तिलाई धोका दिने र विश्वासघात गर्ने काम गरेको र क्रान्तिलाई प्रतिक्रान्तिमा बदलेको बताउनु भयो । नेपालको वर्तमान् राजनीतिक अवस्थाको चर्चा गर्दै यतिखेर क्रान्ति पराजित भएको र प्रतिक्रान्ति पनि सफल भै नसकेको संक्रमणकालिन अवस्था रहेको वहाँले बताउनु भयो । क्रान्तिका एजेण्डालाई तिनीहरुले सडकमै छाडेर हिँडेको अवस्थामा ती एजेण्डालाई अगाडि बढाउन यो सामन्तवाद साम्राज्यवाद बिरोधी मोर्चा बनेको बताउनु भयो । मोर्चा संघर्षको साधन र सत्ताको साधन भएको र क्रान्तिको लागि आवश्यक तीन जादुगरी हतियार मध्येको एउटा हतियार भएको कुरा पनि वहाँले प्रष्ट पार्नुभयो ।
भेलालाई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक ईश्वर तिमल्सिना, अखिल नेपाल किसान संघ क्रान्तिकारीका अध्यक्ष भूमिश्वर कँडेल, अखिल नेपाल महिलासंघ क्रान्तिकारीका तर्फबाट अम्बिका मुडभरी, नेपाल दलित मुक्ति मोर्चाका संयोजक अमर परियार, मधेसी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीका अध्यक्ष रोशन जनकपुरी, अखिल नेपाल आदिवासी जनजाति महासंघका तर्फबाट कमल चौधरी, क्रान्तिकारी युवा लिगका संयोजक अमिर महर्जन, अनेरास्ववियु क्रान्तिकारीका संयोजक सेवन्तराज भण्डारी, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संगठनबाट हुकुम बहादुर सिंह, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवाली, अखिल नेपाल प्रगतिशील शिक्षक संगठनका अध्यक्ष विजयरत्न बज्राचार्य, राष्ट्रिय उद्योग व्यापार महासंघका तर्फबाट हरिकृष्ण उपाध्याय, नेपाल राष्ट्रिय प्राध्यापक संघबाट अध्यक्ष जगदिशचन्द्र भण्डारी, जनक्रान्तिका घाइते, अपांग योद्धा संघको तर्फबाट भक्तराज थापा, क्रान्तिकारी पत्रकार महासंघको तर्फबाट महासचिव केशरमणि कटुवाल, प्रगतिशील कानुन व्यवसायी संघको तर्फबाट रामबहादुर केसी, भेरी कर्णाली राष्ट्रिय मुक्ति मोर्चाबाट धनजीत शाहीले शुभकामना दिनुका साथै आफ्ना संगठनहरुका तर्फबाट ऐक्यवद्धता प्रकट गर्नु भएको थियो ।
दोस्रो दिन बन्द सत्र
दोस्रो दिन भाद्र २७ गते बिहानबाट सुरु भएको बन्द शत्र क. सी पी गजुरेलको अध्यक्षता र क परि थापाको संचालनमा सुरु भयो । बन्द सत्रमा क सी पी गजुरेलद्वारा प्रस्तुत ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल‘को नीति, कार्यक्रम र विधान माथि व्यापक छलफल भै एकमतले तीनैवटा दस्तावेज पारित भएका थिए । मोर्चालाई वास्तविक अर्थमा सम्पूर्ण देश भक्त, वामपन्थी र दलाल, नोकरशाह र सामन्तबाद बिरोधी शक्ति र व्यक्तिको साझा मोर्चाको रुपमा विकसित गर्नुपर्ने, यसलाई सकेसम्म व्यापक बनाउनु पर्ने, यसलाई लोकप्रिय संगठन बनाउनु पर्ने कुरामा जोड दिइएको छ । यसलाई व्यवहारिक रुपमा नै संघर्ष र सत्ताको साधन बनाउनु पर्ने बताइएको छ ।
दस्तावेज पारित भैसकेपछि दुई अंकको संख्या नबढाउने गरी हाललाई ७१ सदस्यीय केन्द्रीय समिति बनाउन नामावली प्रस्तुत गरियो, जसलाई हाउसले करतलध्वनीका साथ पारित ग¥यो । त्यसपछि बन्द सत्र समाप्त भयो र केन्द्रीय समितिको प्रथम बैठक बस्यो । बैठकले निम्न अनुसारको पदाधिकारी, कार्यालय र सचिवालयको सर्वसम्मतिले चयन ग¥यो पदाधिकारीमा–
सीपी गजुरेल – अध्यक्ष
परि थापा –सचिव,
कार्यालयमा–पदाधिकारीका साथै कमल चौधरी, के बी गुरुड.्, पवन मान श्रेष्ठ, श्रीनाथ अधिकारी, नगेन्द्र राई, केस बहादुर परियार ।
सेक्रेटारियटमा– कार्यालयको टिमका साथै रोशन जनकपुरी, मिनकुमार राउत, बिदुर खरेल, शिवराम यादव, चक्रपाणी शर्मा, कुमार शाह, मनोज श्रेष्ठ, कान्छाराम तमाड्, अम्बिका मुडभरी, शिव कट्टेल, जितेन्द्रकुमार सिंह, धनजीत शाही, रामबहादुर केसी, दिलबहादुर घिसिङ ।
बैठकले सम्पूर्ण केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नुका साथै संगठन विस्तार र संघर्षको योजना समेत बनाएको छ ।
अन्तमा, मोर्चाका अध्यक्ष सीपी गजुरेलले कार्यक्रम भव्यरुपमा सफल पार्न योगदान पु¥याउने नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्षका साथै सबैलाई धन्यवाद दिँदै बैठकको समापन गर्नुभएको थियो ।”