मेलिसालाई ओलम्पिकको सम्मान

मेलिसालाई ओलम्पिकको सम्मान

काठमाडौं । तेक्वान्दोकी कान्छी खेलाडी मेलिसा खड्गीलाई नेपाल ओलम्पिक कमिटिले सम्मान गरेको छ ।

हङ्गकङ्गमा मिति २०७२ फागुन १६ गते आयोजित अन्तराष्ट्रिय पुम्से तेक्वान्दो च्याम्पियनसिप – २०१६ मा जुनियर तर्फको ईभेन्ट्समा सहभागिता जनाएकी खड्गीले उत्कृष्ट खेल प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएकोमा उनलाई नेपाल ओलम्पिक कमिटिको तर्फबाट अध्यक्ष जीवन राम श्रेष्ठले सम्मान पत्र सहित आईतबार सम्मान गरेका थिए ।

खड्गीलाई सम्मान गर्दै अध्यक्ष श्रेष्ठले १२ बर्षको उमेरमानै अन्तराष्ट्रिय पदक प्राप्त गर्न सफल भएकोमा बधाई दिंदै आगामी दिनमा समेत यसलाई निरन्तरता प्रदान गर्न शुभकामना प्रदान गरे ।