एजेन्सी । फेसन किङ अमानसियो ओर्टेगा विश्वकै धनी व्यक्तिको सूचीमा दुई दिन पहिलो नम्बरमा आईपुगे ।
माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै जारा कम्पनीका मालिक ओर्टेगा विश्वकै धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा आइपुगेका हुन् ।
फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सूची अनुसार ओर्टेगासँग ७८ बिलियन डलर सम्पत्ति रहेको छ भने बिल गेट्ससँग ७७.४ बिलियन पाउण्ड सम्पत्ति रहेको छ ।
स्पेनको ला कोरुनामा रेलवे वर्करका छोराको रुपमा जन्मिएका उनले १३ वर्षको उमेरमा स्कुल छाडेर कपडा पसलमा काम गर्न थालेका थिए ।
अमान्सियो ओर्टेगा ५ वर्षअघि नै जारा कम्पनीको प्रमुख कार्यकारीबाट हटिसकेका भएपनि उनले अहिलेसम्म कसैलाई जिम्मेवारी दिएका छैनन् ।
यही साताको बुधबार बढेको कम्पनीको सेयरले दुई दिनका लागि उनलाई विश्वकै धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा पु¥यायो ।
कपडा पसलका काम गर्दाको अनुभवसँगै आफ्नै कम्पनी खोलेका उनीसँग फेसनसम्बन्धी ६० वर्षको अनुभव रहेको छ । फोब्र्स पत्रिकाका अनुसार उनले बुधबार र बिहीबार उनी सूचीको शीर्ष स्थानमा पुगेपनि पुनः दोस्रो स्थानमा नै झरेका छन् ।
उनी सूचीको पहिलो स्थानमा पुगेको यो पहिलो पटक होइन । उनी सन् २०१५ को अक्टोबर महिनामा पनि केही घन्टाका लागि संसारकै धनी व्यक्ति बनेका थिए ।
उनी विश्वका धनी व्यक्तिको सूचीमा पर्ने व्यक्तिमध्ये अन्तर्वार्ता नदिने र सञ्चारमाध्यममा पनि कमै मात्रामा जाने व्यक्तिमा पर्छन ।
उनको जारा कम्पनीका कपडा संसारका अन्य कपडाका मोडललाई अन्य ब्राण्डहरुले सहजै नक्कल उतार्न सक्दैनन् ।
विश्वका धनी व्यक्तिको सूचीमा शुक्रबारबाट भने पुनः बिल गेट्स नै पुगेका छन् । उनको ७५ बिलियन डलर बराबरको सम्पक्ति रहेको छ भने दोस्रो स्थानमा झरेका ओर्टेगाको ६७ बिलियन डलर रहेको छ ।