काठमाडौंANNISU (Revolutionary) अखिल क्रान्तिकारी विध्यार्थी संगठनको इन्जिनियरिङ युनिटले ईं.होमनाथ पोखरेल सदस्यको उम्मेदवार रहेको लोकतान्त्रिक प्यानललाई सघाउने भएको छ । भदौं ३१ मा हुने ईन्जिनियरिङ एसोसियसनको चुनावमा उक्त संगठनले सो प्यानललाई सघाउने निर्णय गरेको ईन्जिनियरिङ युनिटका विध्यार्थी नेता निशान पौडेलले बताए ।
अखिल क्रान्तिकारीका ईन्जिनियरिङ युनिटका प्रमुख ईं.सरोज सिलवालका अनुसार अन्य समूहहरु भ्रष्ट र विध्यार्थीहरुमाझ अलोकप्रिय रहेकोले संगठनले लोकतान्त्रिक प्यानललाई सघाउने निर्णय गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर