
चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ पिप्लेमा शनिबार बिहान सवा सात बजे बस र ट्रक एकापसमा ठोक्किएर भएको दुर्घटनामा १२ जना घाइते भएका छन् ।
काठमाडौँबाट कलैयातर्फ जाँदै गरेको ना ५ ख ३७४३ नम्बरको बस र नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ६७९३ नम्बरको ट्रक एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ ।




ट्रकको अगाडिका दुवै टायर ‘पङ्क्चर’ भएपछि बसमा ठोकिन पुगेको थियो । प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार ट्रकको पछाडिबाट आउँदै गरेको ना४ख ८३४३ नंको अर्काे ट्रक समेत अघिल्लो ट्रकमा ठोकिएको थियो ।
दुर्घटनामा ट्रक र बसमा सवार चालक र यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ ।