बुटवल । नेकपा क्रान्त्किारी माओवादीले रुपन्देहीको बुटवलमा आज सभाको आयोजना गर्दै छ ।
क्रान्तिकारी माओवादीले राष्ट्रिय स्वाधिनता र सरकारले भारतलाई निर्माण गर्न दिएको अपर कर्णाली परियोजना खारेजीको माग गर्दै प्रदर्शनसहित विरोध सभा गर्न लागेको हो ।




बुटवलमा गर्न लागेको सभामा जनसहभागिता गर्नका लागि सात वटैं क्षेत्रका लागि जिल्ला नेताहरुलाई जिम्मेबारी तोकिएको छ ।
जस अनुसार रुपन्देही क्षेत्र नं १ का लागि वीरबहादुर गुरुङ, २ का लागि आरपी शर्मा, ३ का लागि राजु भुजेल,४ का लागि बिनोद मरासनी, ५ का लागि के.जी.कुमार पौडेल, ६ का लागि टिपु सुल्तान र ७ का लागि हकि कुल्लाह खांलाई जिम्मेवारी दिइएको हो ।
कार्यक्रममा सहभागि गराउँनका लागि महिलाका लागि निमकला पुन, मधेशका लागि मुजिव अलि, युवाका लागि शंकर के.सी., जनजातिका लागि डी.बिं छन्त्याल, दलितका लागि शेरबहादुर वि.क.,विद्र्यार्थीका लागि मजिव अलिलाई जिम्मेबारी दिएको छ भने कार्यक्रमको प्रचारप्रसारका लागि क्रान्तिकारी पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष टेकबहादुर मास्कीरानालाई भेलाले जिम्मेबारी दिएको छ ।