14159697_1422257134456732_249654083_n

चितवन । क्रान्तिकारी माओवादी चितवनले विरोध प्रदर्शनसहित सुकुम्बासीका समस्यालाई लिएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । मूलबाटोलाई प्राप्त जानकारी अनुसार क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यहरु सुरेश गौतम, अम्बिका मुठभरीसहित सुकुम्बासीहरुको उल्लेख्य उपस्थिति रहेको विरोध प्रदर्शनमा राज्य प्रशासनले नागरिक जीवनको गाँस, बास र आवासको दायित्व लिनुपर्नेमा त्यसको उल्टो नागरिकहरुलाई देशभित्रै आन्तरिक शरणार्थी बनाएको आरोप वक्ताहरुले लगाएका छन् । उनीहरुले विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय चितवनमा बुझाएको नौ बुँदे ज्ञापन पत्रमा यस्ता मागहरु समेटिएका छन्

14151828_1422262857789493_765188607_o

१. बाँदरभुला, गणेशस्थान, केविलाइन, आँपटारी, जुटपानी, रत्ननगर, पदमपुर, विजय नगर, माडेचौर, पिप्लेलगायतका स्थानमा बसोबास गरिरहेका सुुकुम्बासीहरुलाई कुनै वैकल्पिक व्यवस्था नगरीकनै उठाउने, उठाउनको लागि सूचना जारी गर्ने, खेतीवाली नष्ट गर्ने कार्य अविलम्ब रोकियोस् ।
२. वास्तविक सुकुम्बासीहरुको पहिचान गरी सुकुम्बासीलाई परिचय पत्रको व्यवस्था गरियोस् ।
३. सुकुम्बासी बसोबास गरिरहेका बस्तीमा विद्यालय, पानी, विजुली, बाटो, ढल लगायतका अत्यावश्यक सेवा तथा सुविधा उपलब्ध गराइयोस् ।
४. सुुकुम्बासीहरुलाई निःशुल्क शिक्षाको सुनिश्चितता साथै औषधी उपचारमा छुुटको व्यवस्था गरियोस् ।
५. सुकुम्बासीहरुलाई रोजगारीको व्यवस्था गरियोस् ।
६. बसोबास गरिरहेको स्थानबाट स्थानान्तरण गर्नुपर्ने भएमा बसोबास तथा जीवन निर्वाहको वैकल्पिक व्यवस्था गरेर मात्र स्थानान्तरण गरियोस् ।
७. राज्यद्वारा सुकुम्बासी वस्तीहरुमा गरिएको नोक्सानीको क्षतिपूर्ति उपलब्ध गराइयोस् ।
८. वैज्ञानिक मापदण्डविना भइरहेको प्लटिङ तथा भूमाफियाहरुबाट भइरहेको भूमिको दुरुपयोग बन्द गरी कृषि उत्पादनमा आधारित भूमिनीति अवलम्बन गरियोस् ।
९. सामन्ती भू–स्वामित्वको अन्त्य गरियोस् ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला समिति, रुपन्देहीले आज भैरहवामा प्रदर्शनसहित विरोध सभा सम्पन्न गरेको छ । पार्टी केन्द्रीय समितिले घोषणा गरेको संघर्षका कार्यक्रमअन्तर्गत पार्टीले आज रुपन्देहीको भैरहवामा विरोध सभा गरेको हो । विरोध सभामा बोल्ने वक्ताहरुले उचित
व्यवस्था नगरिकन हटाउन नहुनेमा जोड दिएका थिए । उनीहरुले वैज्ञानिक बसोबासको व्यवस्था गरी सुकुम्बासी समस्या समाधान गर्न सरकारसँंग आग्रह गरेका थिए । कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी,रुपन्देहीका संयोजक भुलबहादुर सुनारीमगर, पार्टी नेता टिपु सुल्तान, अखिल नेपाल किसान संघ क्रान्तिकारीका केन्द्रीय सदस्य विनोद मरासिनी, मुजिव अलि लगायतले बोल्नु भएको थियो । भैरहवाको बर्मेलीटोलमा रहेको पार्टी जिल्ला कार्यालयबाट र्याली शुरु भई भैहवा बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर विरोध सभामा परिणत भएको थियो । सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरिकन डोजर लगाएर उठाउने, धान खेतीमा डोजर लगाउने, सुकुम्बासी बस्तीमा आगजनी गर्ने जस्ता कार्य गरेको विरोधमा पार्टीले रुपन्देहीको भैरहवामा विरोध सभा गरेको जनाएको छ । त्यस्तैं पार्टीले भदौं २४ गते बुटवलमा प्रदर्शनसहित विरोध सभा गर्ने जनाएको छ । राष्ट्रिय स्वाधीनताको रक्षा र अपर कर्णालीको विरोधमा बुटवलमा विरोध सभा गर्न लागेको सो पार्टीका नेता प्रेमनाथ सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर