क्रान्तिकारी युवा लिगको संयोजकमा अमीर महर्जन‘आकाश’

क्रान्तिकारी युवा लिगको संयोजकमा अमीर महर्जन‘आकाश’

12792217_179592989088495_8120563221492106509_o

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिगको राष्ट्रिय भेलाले संयोजकमा अमीर महर्जन‘आकाश’लाई चयन गरेको छ । दुई दिनसम्म चलेको भेलाले आकाशको संयोजकत्वमा दश सदस्य पछि थप्ने गरी ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
क्रान्तिकारी युवा लिग मालेमावादी सिद्धान्तलाई स्वीकार गर्ने, पार्टीको नीति, योजना, कार्यक्रमलाई सघाएर जाने, देश र जनतालाई मुक्ति गर्ने, क्रान्तिकारी कार्यदिशाको आधारमा अगाडि बढ्न चाहने र यो सबै कामका निम्ति जुझारु ढंगले अगाडि बढ्ने खालको संगठन भएको क्रान्तिकारी युवाहरुले दावी गरेका छन् ।
भेलाले कमाण्डस्तरीय चारवटा समूह बनाएर संगठनको विधान र प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।