क्रान्तिकारी माओवादीले सुकुम्बासी समस्यालाई लिएर ग¥यो देशैभर प्रदर्शन

क्रान्तिकारी माओवादीले सुकुम्बासी समस्यालाई लिएर ग¥यो देशैभर प्रदर्शन

 ffff

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले सुकुम्बासीका समस्या समाधान गर्न माग गर्दै आज देशका ७५ वटै जिल्लाका सदरमुकामहरुमा प्रदर्शन गरेको खबर प्राप्त भएको छ । नेवा राज्यले रत्नपार्कको शान्तिबाटिकाबाट निकालेको विरोध ¥याली, असन, इन्द्रचोक, न्यूरोड हुँदै भोटाहिटीमा पुगेर कोणसभामा परिणत भएको थियो । पार्टीका पूर्वी काठमाडौं संयोजक हरिकृष्ण गजुरेलले संचालन गरेको कोणसभालाई पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा सचिवालय सदस्य रामसिंह श्रीसले सम्बोधन गरेका थिए । सुकुम्बासीहरुको उल्लेख्य उपस्थिति रहेको सो कोणसभामा आखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका केन्द्रीय कोषाध्यक्ष पवन गुरुङले पनि बोलेका थिए ।

14151828_1422262857789493_765188607_o
यता चितवनबाट प्राप्त जानकारी अनुसार क्रान्तिकारी माओवादी चितवनले विरोध प्रदर्शनसहित सुकुम्बासीका समस्यालाई लिएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । मूलबाटोलाई प्राप्त जानकारी अनुसार क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यहरु सुरेश गौतम, अम्बिका मुठभरीसहित सुकुम्बासीहरुको उल्लेख्य उपस्थिति रहेको विरोध प्रदर्शनमा राज्य प्रशासनले नागरिक जीवनको गाँस, बास र आवासको दायित्व लिनुपर्नेमा त्यसको उल्टो नागरिकहरुलाई देशभित्रै आन्तरिक शरणार्थी बनाएको आरोप वक्ताहरुले लगाएका छन् ।
उता तमुवानबाट प्राप्त जानकारी अनुसार राज्यन्तर्गत पर्ने कास्की, तनहुँ, गारखा, गुल्मी, पाल्पा, स्याङ्जा, पर्वतलगायतका जिल्लामा पनि विरोध प्रदर्शनसहित सिडियो कार्यालयलाई ज्ञापन पत्र बुझाइएको छ । त्यसैगरी पूर्वमा किरात, कोचिला, लिम्बुवान, मिथिला, अवध, भोजपुरा, थारुवान, मगरात, भेक र सेमले पनि विरोध प्रदर्शनसहित ज्ञापन पत्र बुझाएको हाम्रा स्थानीय संवाददाताहरुले जनाएका छन् ।

स्मरण रहोस् कि साउन ३२ गते पार्टीका अध्यक्ष मोहन वैद्य‘किरण’सहित सुकुम्बासी नेता कार्यकर्ताहरुको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको थियो । प्रम दाहालले सकेसम्म चाँडो सुकुम्बासी समस्या समाधान गर्ने बताएका थिए । तर सुकुम्बासीका समस्या समाधानका लागि ठोस पहल भने सरकारले गरेको देखिएको छैन ।