काठमाडौं । नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका ५ जनालाई उद्दार गरिएपनि बसमा कति सवार थिए भन्ने पुष्टि भएको छैन ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चन्डिभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा खसेको हो ।
बिहान करिब ५ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको अवस्थामा देखिएपछि उद्दार गरिएको मध्य क्षेत्रीय प्रहरी कार्यलयले जनाएको छ ।